२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा धमाधम धावनमार्ग विस्तार हुँदै



अ+ अ-

काठमाडौँ । लकडाउनका कारण ठूला आयोजनाको निर्माण प्रभावित बने पनि निर्माणकै क्रममा रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थल र एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारको काम भने जारी छ । उडान बन्द भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार र पार्किङ निर्माण तीव्र गतिमा भइरहेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ‘फिनिसिङ’को काम भने रोकिएको छैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माणको काम करिब सकिएको छ, उपकरण आयात रोकिँदा जडानको काम भने प्रभावित छ । लकडाउनकै समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फ पार्किङवे निर्माणको काम जारी छ ।

यही समयमा नै सम्पन्न गर्नेगरी निर्माण तीव्र बनाइएको उक्त पार्किङ स्थल निर्माण सम्पन्नपछि ए ३३० मोडलका दुई ठूला जहाज पार्किङ गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । त्यस्तै रनवे इन्ड सेफ्टी एरिया (रेसा) अर्थात् धावनमार्गको अन्त्यमा थप तीन सय मिटर विस्तार गर्ने काम पनि भइरहेको र करिब एक हप्तामै यसको काम पनि पूरा हुने उनले बताए । जहाज रनवे छाडेर बाहिर जानसक्ने जोखिमपूर्ण अवस्थालाई कम गर्न यसले सहयोग पुग्ने उनले जानकारी दिए । तोकिएको समयभन्दा छिट्टै सम्पन्न हुने भनिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म ६० प्रतिशत भौतिक प्रगति भइसकेको प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

लकडाउनमा पनि उपलब्ध सामग्रीको उपयोग गरेर निर्माण भइरहेको छ, उहाँले भन्नुभयो, काम ठप्प नै भएको अवस्था छैन । बढीमा डेढ महिनासम्म यही अवस्था रहे पनि २०२० को अन्त्यसम्म विमानस्थल निर्माणको काम पूरा हुने उनले बताए । भैरहवामा ९० प्रतिशतभन्दा भौतिक बढी प्रगति भए पनि उपकरणको सामान आयात हुन नसक्दा यसको निर्माण पूरा हुने समय केही पर धकेलिने उनले जानकारी दिए । गोरखापत्र दैनिक