५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानगरपालिकाले भोलिदेखि सेवा सञ्चालनमा ल्याउँदै



अ+ अ-

गण्डकी । जेनजी प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाका अधिकांश कार्यालयका भवन क्षतिग्रस्त बनेपछि त्यसको वैकल्पिक व्यवस्थासहित भोलिदेखि सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

महानगरले यसअघि आजदेखि नियमित सेवा सञ्चालनमा ल्याउने तयारी गरेको थियो ।  आज प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा घोषणा गरिएकाले भोलिदेखि सेवा सञ्चालनमा ल्याइने महानगरका प्रवक्ता मोती तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रदर्शनका क्रममा प्रमुख प्रशासनिक भवनसहित महानगरभित्रका अधिकांश वडा कार्यालयमा क्षति पुगेको थियो । उहाँका अनुसार महानगरका ३३ वडामध्ये २० वटा वडाका भवन पूर्ण रूपमा, छ वटा वडा भवन सुरक्षित र अन्य सात वटामा आंशिक क्षति पुगेको छ ।

उहाँका अनुसार पूर्ण रूपमा क्षतिग्रस्त भवनको वैकल्पिक व्यवस्थापन गर्दै सेवाहरू सञ्चालनमा ल्याउन लागिएको हो । यसैबीचमा कतिपय वडाका घरघरमा पुगेर पनि महानगरबाट अत्यावश्यकीय सेवाहरू प्रदान गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।

मुलुकको विषम परिस्थितिका बाबजुत सकेसम्म सेवा प्रवाहलाई नरोक्ने उद्देश्यका साथ महानगरको वडा नं २५ ले घरघरमा पुगेर सुरक्षा भत्ता, परिचयपत्र नवीकरणलगायत सेवा प्रदान गरिरहेको प्रवक्ता तिमल्सिनाले बताउनुभयो ।