८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

यस वर्ष दशैँका लागि अग्रिम टिकट बुकिङ नखुल्ने

यस वर्ष दशैँका लागि अग्रिम टिकट बुकिङ नखुल्ने
अ अ+ अ-

काठमाडौँ । यस वर्षको दशैं, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ ।

मंगलवार काठमाडौंको मिन भवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको संवद्ध सबै पक्षको बैठकले यात्रुहरु जाने क्रम शुरु भईसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेका हुन् ।

जेनजीको आन्दोलन पछि विश्वविद्यालय, कलेजहरु विदा हुने र उनीहरुको घर जाने क्रम शुरु भईसकेकाले यस वर्ष दशैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो । उहाँले दशैंका लागि घर जानेहरुले ३—४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो ।

अध्यक्ष स्वाँरले भन्नुभयो, ‘अब यो दशैंका लागि भनेर टिकटको खोल्नुपर्ने अवस्था हामीले देखेनौ । किनभने अहिले नै जस्तो युनिर्भसिटी अहिले नै विदा भईसके । त्यो भएको हुनाले अब रहेका विद्यार्थीहरु लगायतका पब्लिक करिव ५० हजार मानिसहरु गाेंगवु बसपार्कबाट मात्रै बाहिर गएको हामीसँग डाटा छ । त्यो हुनाले अव अग्रिम बुकिङ आवश्यक छैन । दशैंका लागि विशेष बुकिङ हुँदैन । ३—४ दिन अघि नै टिकट दिने निर्णय गरेका छौं । अव टिकट पाइदैने भनेर भिड गरेर जानुपर्ने अवस्था छैन । जानु भन्दा २÷४ दिन अगाडि गएर टिकट लिएर अगाडि बढने काम गरौं । सडक कतिपय ठाउँमा विग्रका छन । सडक विभाग लगायतको निकाय बसेर हामीले सडकलाई सहज बनाएर जाने र बढि भन्दा बढि गाडी उपत्यकामा उपलब्ध गराएर र त्यतिले पनि पुगेन भने काठमाडौंको लोकल गाडीलाई पनि म्यानेज गरेर पठाउँछौं ।’

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरुको सहज ढंगले गन्तव्यमा पु¥याउने गरी संवद्ध सबै पक्षसँग छलफल गरिएको बताउनु भयो । उहाँले यात्रुहरुको सहज रुपमा गन्तव्यमा पु¥याउने कुरामा कुनै कमी हुन नदिने पनि बताउनु भयो । महानिर्देशक पोखरेलले भन्नुभयो, ‘हामीले चाडबाड केन्द्रिय यातायात व्यवस्थापनका लागि यातायात व्यवसायी महासंघ, प्रहरी, सडक विभाग, यातायात मजदुर महासंघका साथीहरु सबै बसेर अव हामी कसरी सञ्चालन गर्ने, कसरी काठमाडौं उपत्यका छोडेर बाहिर जाने र बाहिरबाट काठमाडौं आउने यात्रुहरुलाई सहज रुपमा कसरी व्यवस्थापन गर्ने, कसरी सेवा दिने, सडक सुशासन कायम गर्ने ? भन्ने विषयमा छलफल गरेका हौ । त्यसमा हामीले विभिन्न कुराहरु छलफल गरेका छौं । त्यसको निर्णय गर्छौ । र तुरुन्तै कार्यान्वयनमा लैजान्छौं । यसलाई सहजीकरण गर्छाैँ ।’ 

बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले पनि दशैँमा यात्रुहरुलाई गन्तव्यमा पु¥याउनका लागि प्रहरीले आवश्यक सुरक्षाको व्यवस्था मिलाई सकेको बताउनु भयो । उहाँले दशैंमा बस यात्रुहरुलाई ठग्नेमाथि कारबाही हुने चेतावनी समेत दिनुभयो । एसएसपी रजौरेले भन्नुभयो, ‘यात्रुलाई कुनै पनि किसिमको ठगी भयो, समस्या भयो भने त्यसमा प्रहरीले आवश्यक कारबाही गर्छ । यात्रुलाई गन्तव्यमा लैजाने असल नियत हुनु प¥यो । यही बेला कमाउने मौका हो भन्ने सोच राख्नु भएन । यही बेला हो ठग्ने भन्ने हो भने हामीले त्यस्तालाई सर्पोट गर्न सक्दैनौं । हामी नागरिक सहायता कक्षमा सँगै हुन्छौं । यातायातको सुरक्षित ढंगले संचालन गराउनैछौं । यात्रुलाई सुरक्षित ढंगले गन्तव्यमा पु¥याउने कुरामा हामी कटिवद्ध छौं ।’ 

प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले नेपाल प्रहरीले यात्रुहरुको सुरक्षाका लागि सहायता कक्षमा पनि प्रहरी परिचालन गर्ने बताउनु भयो ।