३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन



अ+ अ-

बाजुरा। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ ।

शाखा कार्यालय मार्तडी र कोल्टी शाखा कार्यालयले चाडपर्वलाई लक्षित गरी आजदेखि सहुलियत पसल सञ्चालन गरेको जिल्ला शाखा प्रमुख उमेश भण्डारीले जानकारी दिनुभयो ।

सरकारले भदौ ३० गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने नीतिअनुसार यहाँ पनि त्यसलाई कार्यान्वयन गरिएको उहाँले बताउनुभयो ।

यहाँ अन्य समयमा बिक्री गर्दै आएको दररेटभन्दा प्रतिकेजी रु पाँचका दरले चामल र चिनीकोे मूल्य घटाइएको छ । जिल्लाभरि तीन हजार ५०० क्विन्टल चामल बिक्री अनुमति दिएकाले कोल्टीमा एक हजार र मार्तडीमा एक हजार क्विन्टल चामल एक महिनासम्म बिक्री हुने शाखा प्रमुख भण्डारीको भनाइ छ ।

हिमाली गाउँपालिकाको धुलाचौर, बिच्छ्या, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन र गौमुल गाउँपालिकाको घटनामा पनि सहुलियत पसल सञ्चालन हुने जनाइएको छ ।
मार्तडीमा चार हजार ८८७ क्विन्टल चामल र १५ क्विन्टल चिनी तथा कोल्टीमा तीन हजार ४२८ क्विन्टल चामल मौज्दात रहेको छ ।