२४ असार २०८३, बुधबार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारका भग्नावशेष हेर्दै टोलाउँछन् कर्मचारी



अ+ अ-

काठमाडौँ। अझै पनि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा धुवाँ पुत्पुताइरहेको छ । एक साता अघिसम्म सुन्दर फूलहरुको बिचमा रहेको सिंहदरबार खण्डहर बनेको देख्दा जो कोही भावुक हुन्छन् ।

आज ऊर्जा मन्त्रालयमा कार्यरत कर्मचारी पारसमणि राई र उहाँका साथी प्रेम गौतम प्रधानमन्त्री कार्यालयको भवन नियाल्दै निकैबेर टोलाइरहे । “मन आत्तियो, हेर्नै नसकिने गरी खरानी बनाएछन्,” गौतमले भन्नुभयो, “देशको सम्पत्ति जलाएर के पाए ?”

जनताको करले बनेको सिंहदरबार जलगाउने कस्ता जनता होलान् भन्ने गुनासो राईको छ । प्रधानमन्त्री कार्यालयको छेवैको ऊर्जा मन्त्रालय पनि खण्डहर बनेको छ । “तस्बिर सधैँ रमाइलोका लागि मात्रै खिचिँदो रहेनछ,” प्रधानमन्त्री कार्यालयमा कार्यरत एक कर्मचारीले भन्नुभयो, “सम्झनाका रूपमा फोटो खिचेकी छु ।”

सबैभन्दा बढी क्षति भएको मध्येको हो गृह मन्त्रालय । ३१ वर्षदेखि निरन्तर गृहमन्त्रालयमै कार्यरत कर्मचारी केदार घिमिरेका अनुसार खरानी भएको कार्यालय देख्दा मन पोल्यो । उहाँले भन्नुभयो, “मलाई त बेघर भएजस्तो लागेको छ । खरानीबाहेक केही छैन ।”

जेन्जी आन्दोलनका क्रममा जलेर भग्नावशेष भएको गृहमन्त्रालय अहिले पुरानो परराष्ट्र मन्त्रालयको शाखामा सारिएको छ । साँघुरो भए पनि त्यहीँबाट सेवा विस्तार गर्ने विपत् तथा व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव गोविन्द रिजालले जानकारी दिनुभयो । रासस