३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारका भग्नावशेष हेर्दै टोलाउँछन् कर्मचारी



अ+ अ-

काठमाडौँ। अझै पनि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा धुवाँ पुत्पुताइरहेको छ । एक साता अघिसम्म सुन्दर फूलहरुको बिचमा रहेको सिंहदरबार खण्डहर बनेको देख्दा जो कोही भावुक हुन्छन् ।

आज ऊर्जा मन्त्रालयमा कार्यरत कर्मचारी पारसमणि राई र उहाँका साथी प्रेम गौतम प्रधानमन्त्री कार्यालयको भवन नियाल्दै निकैबेर टोलाइरहे । “मन आत्तियो, हेर्नै नसकिने गरी खरानी बनाएछन्,” गौतमले भन्नुभयो, “देशको सम्पत्ति जलाएर के पाए ?”

जनताको करले बनेको सिंहदरबार जलगाउने कस्ता जनता होलान् भन्ने गुनासो राईको छ । प्रधानमन्त्री कार्यालयको छेवैको ऊर्जा मन्त्रालय पनि खण्डहर बनेको छ । “तस्बिर सधैँ रमाइलोका लागि मात्रै खिचिँदो रहेनछ,” प्रधानमन्त्री कार्यालयमा कार्यरत एक कर्मचारीले भन्नुभयो, “सम्झनाका रूपमा फोटो खिचेकी छु ।”

सबैभन्दा बढी क्षति भएको मध्येको हो गृह मन्त्रालय । ३१ वर्षदेखि निरन्तर गृहमन्त्रालयमै कार्यरत कर्मचारी केदार घिमिरेका अनुसार खरानी भएको कार्यालय देख्दा मन पोल्यो । उहाँले भन्नुभयो, “मलाई त बेघर भएजस्तो लागेको छ । खरानीबाहेक केही छैन ।”

जेन्जी आन्दोलनका क्रममा जलेर भग्नावशेष भएको गृहमन्त्रालय अहिले पुरानो परराष्ट्र मन्त्रालयको शाखामा सारिएको छ । साँघुरो भए पनि त्यहीँबाट सेवा विस्तार गर्ने विपत् तथा व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव गोविन्द रिजालले जानकारी दिनुभयो । रासस