१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य कम्पनीको चाडपर्वलक्षित सुपथ पसल सुरु



??????? ????? ?????????? ?????? ????? ???????? , ?? ???? ????? ???????? ??? ??????? ?????? ????????? ?????????? ??????????? ???? ??????? ?????? ????????? ???????? ??????? ????? ????? ????? ????? ???? ?????????? ? ??????? ?????? ???????÷????
अ+ अ-

काठमाडौँ। बडादसैँ, तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि सहुलियत पसल सुरु गरेको छ ।

लिमिटेडले आजदेखि सुरु गरेको सहुलियत पसलमा प्रतिकेजी रु पाँच, सात र १० छुट दिइएको सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभयो ।

दाल, चामल, चिनी, गहुँका सामग्रीमा प्रतिकेजी रु पाँच छुट गरिएको छ । यसैगरी तेल, चिउरा, आँटा, पीठो, मैदालगायत सामग्रीमा प्रतिलिटर र प्रतिकेजी रु सात छुट दिइएको छ ।

चियापत्ती, जिरा, धनियाँ, रैथाने खाद्य वस्तुलगायत सामग्रीमा प्रतिकेजी रु १० छुट गरिएको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो । सहुलियत पसल छठसम्म सञ्चालन हुने जनाइएको छ ।रासस