२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत प्राधिकरणको नेतृत्व सम्हाल्नुभएका कुलमानलाई उर्जामन्त्री



अ+ अ-

काठमाडौँ । विगत एक दशकयता सधैँ चर्चाको शिखरमा रहिरहनुभएका कुलमान घिसिङ उर्जामन्त्रीको जिम्मेवारीमा आउनुभएको छ ।

करिव आठ वर्षअघि घिसिङले पहिलो पटक विद्युत प्राधिकरणको नेतृत्व सम्हाल्नुभएका बेला नेपाल ’लोडशेडिङमुक्त’ घोषणा गरिएको थियो ।

विसं २०७३ सालकै तिहारबाट शहरहरूमा ‘लोडशेडिङ’ सकिएको जनाउँदै २०७५ साल वैशाखमा पूरै देशलाई करिव डेढ दशकदेखि विद्युत आपूर्तिमा जारी नियमित अवरोधबाट मुक्त बनाइएको थियो ।

उनै घिसिङले मुलुक अप्ठ्यारो परिस्थितिमा ग्रुजिरहेकै बेला उर्जामन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नुभएको हो ।

अघिल्लो सरकारसँग टकराव

विसं २०७८ साउनमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा घिसिङ दोस्रो पटक प्राधिकरण प्रमुखमा घिसिङ पुनः नियुक्त हुनुभयो । तत्कालीन ओली सरकार र उहाँबीच टकराव देखियो । ऊर्जा, जलस्रोत एवं सिंचाईमन्त्री दीपक खड्का र उहाँबीचको कहिल्यै कुरै मिलेन ।

खास गरी उद्योगहरूमा डेडिकेटेड र ट्रङ्क लाइनको महशुल नतिरेका कारण प्राधिकरणले त्यहाँको विद्युत काट्ने र त्यसो गर्न नदिने मन्त्री–प्रधानमन्त्रीको जोडबलसँग विवाद भएको थियो ।

त्यससम्बन्धी विद्युत महशुलको विषयमा विवाद चर्किँदै गर्दा उद्योगीहरूको लाइन काट्ने घिसिङको कदमसँग तत्कालिन केपी ओली नेतृत्वको सरकार असन्तुष्ट बनेको थियो र उहाँलाई सोही सरकारले ६ महिनाअघि पदबाट च्युत गराएको थियो