३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

सिंहदरबारको तातो खरानीमाथि सुशीलाको यात्रा–२

सिंहदरबारको तातो खरानीमाथि सुशीलाको यात्रा–२
अ+ अ-

काठमाडौं । न्यायपालिकाको सर्वोच्च नेतृत्व हुँदै प्रधानमन्त्री बन्नुभएको स्वच्छ छवि भएकी सुशीला कार्कीले पदभार ग्रहण नगर्दै आफ्नो काम सुरु गरिसकेकी छन् । मन्त्रिपरिषद् विस्तारसमेत हुन सकेको छैन । सम्भवत: उनले आज पदभार ग्रहण गर्दै मन्त्रिपरिषद्मा केही मन्त्रीहरु थप गर्नेछिन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्टै कार्कीले तातो खरानीमाथि टेक्दै जलेका संरचनाहरुको अवलोकन गरिन् भने घाइतेहरुलाई भेटिन । उनले आफूलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याउन सडक तताएर आन्दोलनमा होमिँदा घाइते भएकाहरुलाई ढाढस दिएकी छन् । उपचारमा कमी आउन नदिने भन्दै युवाको भावनाअनुसार आफू अघि बढ्ने प्रतिबद्धता पनि जनाइन् ।

त्यति मात्र होइन, जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका प्रहरी कार्यालयहरुको पनि उनले स्थलगत अवलोकन गरेकी छन् । प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएकी उनले अब ती कार्यालयहरुको पुनर्निर्माण चाहिँ कहिले गर्ने भन्न सकेकी छैनन् ।

कार्कीको मुख्य दायित्व आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको चुनाव गराउने र जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने हो । तर योसँगै जेन–जी आन्दोलनका क्रममा क्षति भएका संरचनाहरुको पुनर्निर्माण गर्नु छ । किनकी उनलाई प्रधानमन्त्री बनाउनकै लागि देशले ठूलो क्षति बेहोरेको छ ।

हुन त प्रधानमन्त्री कार्कीले पद बहाली गरेकी छैनन् । सम्भवत: आज उनले सिंहदरबारमा पुगेर पदबहाली गर्ने छिन् । तर विगतका प्रधानमन्त्रीहरुले पदबहाली गर्र्ने भवन अर्थात प्रधानमन्त्री कार्यालयमा उनको हुने छैन । किनकी यो त उनलाई प्रधानमन्त्री बनाउनेहरुले नै जलाइदिएर खण्डहर बनाइदिएका छन् । त्यही कारण उनले सम्भवत: पहिलो पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभन्दा बाहिर गएर अस्थायी संरचनामा पदबहाली गर्ने छिन् । त्यसबेला उनले जलेर खरानी भएको सिंहदरबार पक्कै पनि देख्ने छिन् र पुनर्निर्माणका लागि केही योजना घोषणा गर्न सक्नेछिन् ।

त्यसो त नेपालको इतिहासमै सर्वोच्च अदालत पहिलो पटक जलेको छ । यसअघिका कुनै पनि आन्दोलनको राप र ताप पर्न नसकेको सर्वोच्च अदालत यस पटक भदौ २४ गते जलेको छ । महत्वपूर्ण काजजात ध्वस्त भएका छन् । अब सर्वोच्च अदालतलाई उनले कुन रुपमा हेर्दिन् भन्ने पनि छ । किनकी यही अदालतमा लामो समय काम गरेर समग्र न्यायपालिकाको नै नेतृत्व सम्हालिसकेकी उनलाई अहिले खरानी बनेको अदालतको पुनर्निर्माण गर्नुपर्ने छ ।

कार्की अब कार्यपालिका प्रमुख भएपछि घाइते सुरक्षाकर्मीलाई पनि भेट्न पक्कै जान्छिन् । त्यसबेला उनले सुरक्षाकर्मीलाई के ढाढस दिन्छिन् त्यो हेर्न बाँकी छ । तर घाइतेहरुलाई भेट्न जाँदा चाहिँ उनले बोलेका एउटा बाक्य विवादित भनिरहेको छ । उनले घाइतेलाई भनेकी थिइन्– ‘मान्छे त तगडा रहेछ, ताँत भाँचिदिएको भए हुने थियो नि ।’ उनलले घाइतेको मनोबल उकास्न यसो भनिरहँदा प्रहरीको मनोबल कमजोर भएको तर्फ पटक्कै ध्यान पुगेको देखिँदैन ।

हिजोका दिनसम्म विद्रोही सुशीला थिइन्, अब प्रमुख भएपछि विद्रोही बन्छिन् कि समन्वयनकारी भन्ने प्रश्न उठेको छ । उनले देशलाई अघि बढाउन समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । तर घाइतेलाई भेट्न जाँदा उनले विद्रोही स्वभाव नै देखाइन् । जुन गलत छ ।

सुशीलाले सम्भवत: आजैदेखि मन्त्रिपरिषद् विस्तारको गृहकार्य गर्ने छिन् । अनौपचारिक रुपमा परामर्शमै रहे पनि उनले अझै मन्त्रिहरुको नाम टुंगो लगाउन सकेकी छैनन् । उनको मन्त्रिपरिषद्मा पूर्वकर्मचारी, पूर्वप्रशासक र न्यायका पृष्ठभूमि भएका व्यक्तिसहित केही युवाको सहभागिता होला । ती मन्त्री र मन्त्रिपरिषद्ले गर्ने हरेक निर्णय युवा लक्षित हुनुपर्ने छ । युवाको अपेक्षा, जनताको चाहनालाई समेट्नुपर्छ । अब उनले युवाको अपेक्षा, जनताका चाहनासँगै आक्रोसको निशानामा परेकाहरुसमेत समेटेर सँगसँगै लैजानुपर्ने छ । नत्र फेरि अर्को प्रतिक्रान्तिका लागि बाटो तय भयो भने देशका लागि दुर्भाग्य हुने छ ।