१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङ भन्सारलाई थप व्यवस्थित गर्न आठबुँदे निर्णय



अ+ अ-

मुस्ताङ। यहाँको मुस्ताङ भन्सार कार्यालयलाई व्यवस्थित तुल्याउन विभिन्न आठबुँदे निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा आज बसेको जिल्ला राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकले नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयलाई थप व्यवस्थित गरी आयात÷निर्यात सहज बनाउनेगरी उल्लिखित निर्णय गरिएको हो ।

यहाँको आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको नाकालाई थप व्यवस्थित गर्ने र नाकामा चोरी सिकारी, अवाञ्छित गतिविधि नियन्त्रण, सरसफाइ, पार्किङ र अनुगमनलगायत विभिन्न विषयवस्तुमा आवश्यक सहजीकरण गर्ने र भन्सारमैत्री तुल्याउने निर्णय भएको छ ।

यस्तै, नाकालाई व्यवस्थित, सुदृढ र प्रभावकारी तुल्याई अन्तरदेशीय व्यापारिक मार्गका रूपमा लैजान भन्सारले गर्ने मालवस्तुको आयात निर्यातका लागि सबै पक्षले जिम्मेवारीपूर्वक योगदान पु¥याउनेलगायत निर्णय गरिएको भन्सार कार्यालयले जनाएको छ ।

बैठकमा प्रजिअ विष्णुप्रसाद भुसाल, भन्सार अधिकृत रमेश खड्कालगायत सुरक्षाकर्मी, एक्याप, कोरला सडक आयोजनालगायत सरोकार भएकाहरूको सहभागिता रहेको थियो । रासस