रामेछाप। ‘जेनजी’को आन्दोलनपछि अशान्त बनेको यहाँको जनजीवन सामान्य बन्दै गएको छ ।
स्थानीय प्रशासनले यही भदौ २५ गतेदेखि जारी कर्फ्यू र निषेधाज्ञा हटाएसँगै आजदेखि यहाँको जनजीवन सामान्य बन्दै गएको हो ।
पुरानो सदरमुकाम रामेछाप बजारमा भएको जिल्ला कारागार शाखा परिसर भने दङ्गाग्रस्त क्षेत्र कायमै छ । बिहीबार बिहान कैदीले भित्रै आगजनी गरी भाग्न खोज्दा सेनाले चलाएको गोली लागि तीन कैदीको मृत्यू र १३ जना घाइते भएका थिए ।
आजदेखि मन्थली बजार पूरै खुलेको छभने लामो तथा छोटो दूरीका सवारीसाधन पनि चल्न थालेका छन् । आज प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले एक सूचना जारी गरी आजदेखि कर्फ्यू र निषेधाज्ञा हटाइएको बताउनुभएको छ ।रासस










