३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

रवि लामिछाने जन्मदिनकै दिन कारागार फर्किने घोषणा, सरकारसँग छानबिन र सुधारका पाँच माग

रवि लामिछाने जन्मदिनकै दिन कारागार फर्किने घोषणा, सरकारसँग छानबिन र सुधारका पाँच माग
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुनः कारागार जाने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले पछिल्लो सरकारले आफूलाई राजनीतिक प्रतिशोधका कारण सताएको आरोप लगाउँदै, अबको सरकार न्यायकी प्रतिमूर्ति भएकाले अन्याय नहोस् भन्ने अपेक्षा राखेको उल्लेख गरेका छन् ।

लामिछानेले अघिल्लो पटक भीड नियन्त्रणका कारण आफूलाई जेलबाट निकालिएको प्रसंग स्मरण गर्दै त्यसबारे विवादमा कर्मचारीलाई अप्ठ्यारो पार्न नचाहेको बताए । उनले सरकारसँग छानबिन र सुधारका पाँच मागसमेत अघि सारे—

२०४६ सालपछि भएका नीतिगत र उच्च पदस्थ सम्पत्तिको छानबिन

सबै निकायमा भएका राजनीतिक नियुक्ति खारेज

कर्मचारीदेखि न्यायाधीशसम्म पुनर्नियुक्ति प्रक्रिया खोल्ने

विश्वविद्यालयका नियुक्तिमा मेरिटोक्रेसी लागू

राजदूत नियुक्तिसमेत यही मापदण्डअनुसार पुनरावलोकन

आन्दोलनमा मारिएका बालबालिकाको घटनामा गोली चलाउनेदेखि सरकारी संरचना तोडफोड गर्ने सबैमाथि छानबिन हुनुपर्ने उनको भनाइ छ । पुराना दलहरूप्रति प्रतिशोध राख्नुभन्दा स्वस्थ चुनावी प्रतिस्पर्धाबाट परास्त गर्ने तयारी गर्न पनि उनले आफ्ना समर्थकलाई आग्रह गरे ।

लामिछानेले पार्टी कब्जा होइन, निर्माणमा लाग्न आग्रह गर्दै, देशको पुनर्निर्माणका लागि प्रशासनसँग सहकार्य गर्न सबैलाई अपिल गरेका छन् ।