३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

‘…तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’

‘…तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’
अ+ अ-

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको प्रमुख कार्यभार छ महिना भित्र प्रतिनिधिसभाको अर्को निर्वाचन गराउनु रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदमा शुक्रबार नियुक्त गर्नुभएको हो ।

साथै नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्न आवश्यक भएकाले संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । जेनजी युवाको आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारको नेतृत्व निर्भिक महिलालाई प्राप्त भएको छ ।

कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास कायम समेत गर्नुभएको छ ।

राज्यको उच्च कार्यकारी पदमा पुग्ने सौभाग्य पाउनु भएकी प्रधानमन्त्री कार्कीले विकसित संक्रमणकाललाई निर्वाचन मार्फत पार लगाउने गहन दायित्व प्राप्त गर्नुभएको छ ।

यही भदौ २३ र २४ गते जेनजी युवाले गरेको आन्दोलनको बलमा एकाध दिनभित्रै सरकारमा आएको परिवर्तनपछि प्रधानमन्त्रीका रुपमा कार्कीले जिम्मेवारी सम्हाल्नु भएको हो ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शुभकामना दिनुहुँदै देशलाई सफल बनाउन आग्रह समेत गर्नुभएको थियो । राष्ट्रपतिले भन्नुभयो “ धेरै धेरै बधाई छ । धेरै धेरै शुभकामना । तपाईं सफल हुनुहोस् । देश सफल होस् ।”

नवनियुक्त प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनियताको शपथ लिनु भएको छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको उपस्थिती थियो । शपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो । समारोहमा अमेरिका, चीन, भारतलगातयका देशका राजदूतको सहभागिता थियो भने आन्दोलनरत पक्षका रुपमा जेनजी युवाहरुको सहभागिता थियो ।

यस्तै, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति र सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता थियो । त्यस्तै, नवनियुक्त प्रधानमन्त्री कार्कीका पति दुर्गा सुवेदी पनि उपस्थित हुनुहुन्थ्यो । रासस