३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा साँझ ७ बजेदेखि कर्फ्यू आदेश जारी



अ+ अ-

कास्की। पोखरा महानगर क्षेत्रभित्र आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गरी पोखराको वडा नं १ देखि ३३ वडासम्मका सम्पूर्ण क्षेत्रहरूमा सो आदेश गरिएको जनाएको हो ।

पोखरामा आज बिहानदेखि बेलुकासम्म निषेधाज्ञा जारी गरिएको थियो । वर्तमान अवस्थामा देखिएको घटनाक्रमबाट हुन सक्ने विरोध, प्रदर्शन, तोडफोड, हुलदङ्गाका कारण शान्ति सुव्यवस्थालाई मध्येनजर गर्दै सो आदेश गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

आदेश जारी गरिएको सम्पूर्र्ण क्षेत्रहरूमा कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने उहाँले जानकारी दिनुभयो । कफ्र्युका अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ ।

यसैगरी भदौ २८ गते बिहान ५ बजेदेखि बिहान १० बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ । पोखरामा गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका कारण सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ ।

यहाँका अधिकांश सरकारी कार्यालयमा आगजनी गरिएको छ । प्रशासनले थप क्षति हुन नदिनका लागि भदौ २४ देखि दिउँसो निषेधाज्ञा तथा रातको समयमा कर्फ्यू लगाउँदै आएको छ । रासस