१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जितिया पर्वका लागि सिरहामा दैनिक तीन घण्टा निषेधाज्ञा खुकुलो



अ+ अ-

सिरहा । जितिया पर्वको अवसरमा जिल्ला प्रशासन कार्यालय सिरहाले विशेष व्यवस्था स्वरूप आगामी शनिबारसम्म हरेक दिन तीन घण्टाका लागि निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार, नागरिकको सुरक्षा र जनजीवनलाई सहज बनाउन सात घण्टा निषेधाज्ञा जारी गरिएको भए पनि पर्वको तयारीका लागि दिउँसो ३ बजेदेखि ६ बजेसम्म स्थानीय हाटबजार तथा पसल सञ्चालन गर्न दिने निर्णय गरिएको हो ।

इलाका प्रशासन कार्यालय लहानका शाखा अधिकृत सन्तोष रायले लहान क्षेत्रमा लाग्ने साप्ताहिक हटिया र पसल यही समयमा सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई आवश्यक सामग्री किनमेल गर्दा अनावश्यक भीडभाड नगरी स्वास्थ्य मापदण्ड पालना गर्दै तुरुन्त घर फर्किन अनुरोध गरिन्छ । अन्यथा कुनै अवाञ्छित गतिविधि वा लुटपाट भएमा सुरक्षाकर्मीले आवश्यक कारबाही गर्नेछन् ।”

प्राचीन कालदेखि मिथिला क्षेत्रमा असोज कृष्णपक्ष सुरु भएसँगै जितिया पर्वको तयारी सुरु हुन्छ । विशेषगरी महिलाले सन्तानको दीर्घायु र सुस्वास्थ्यका लागि २४ घण्टासम्म पानीसमेत नखाई कठोर व्रत बस्ने यो पर्वलाई पौराणिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ । आगामी आइतबार जितिया पर्व मनाइँदै छ । रासस