१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दिवासमा एक सय ८३ बोट सालका रुख कटान



अ+ अ-

धनुषा । जेनजी आन्दोलनका नाममा बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समिति अन्तर्गतको १८३ बोट सालका रुख कटान गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा मङ्गलबार प्रदर्शनकारीले कार्यालयमा आगजनी प्रयास गरेपछि १८ वटा रुख काटेका थिए । भोलिपल्ट बुधबार थप १६५ बोट सालका रुख कटान गरिएको थियो ।

प्रहरीले रुख कटान गर्ने दुई युवालाई पक्राउ गरे पनि गाउँलेको दबाबमा छाडेको र अनुसन्धान भइरहेको जनाएको छ । उपभोक्ता समितिका अध्यक्ष विनय झाका अनुसार जेनजी आन्दोलनको दिन दिउँसै कार्यालयमा पुगेर युवाले आगजनी प्रयास गरेका थिए ।

प्रहरीले बुधबार रुख कटानमा संलग्न कृष्ण घलानसहित दुई युवालाई पक्राउ गरेको थियो । गाउँले सयाँैको सङ्ख्यामा पुगेर घेरेपछि प्रहरीले छाडेको थियो । घटनाबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय महोत्तरीका डिभिजन प्रमुख अजयकुमार मिश्रले जानकारी दिनुभयो । रासस