२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक रूपमा निकास खोज्न नेपाल पत्रकार महासङ्घको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले तत्कालको सङ्क्रमणकालीन अवस्थाको अन्त्य गर्दै शान्तिपूर्ण रूपमा विद्यमान समस्या समाधान गर्न राष्ट्रपतिलाई संवैधानिक र राजनीतिक रूपमा निकासका लागि पहल गर्न आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष निर्मला शर्माले आज एक विज्ञप्ति जारी गर्दै मूलतः वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरूमार्फत समाधान खोज्दै मुलुकलाई सहज निकास दिनुपर्ने माग गर्नुभएको हो ।

मुलुकको निकास गर्ने क्रममा राष्ट्रपतिले वार्ताका लागि जेनजी प्रतिनिधिलाई आह्वान गरिसक्नुभएको अवस्थामा सुरक्षा निकायले सहजीकरण गरी यथाशीघ्र अन्तरिक सरकार बनाउने कार्यको पहल राष्ट्रपतिबाट हुनुपर्नेमा महासङ्घले जोड दिएको छ ।

यस प्रक्रियाका लागि सहजीकरण गर्न पत्रकार महासङ्घलगायत छ वटा पेसागत सञ्जाल पापड तयार रहेको जनाइएको छ । “सबै राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्छ, जङ्गी अड्डाबाट होइन भन्ने महासङ्घको ठहर छ । पछिल्लो समय शान्तिसुरक्षा कायम गर्न सेनाले खेलेको भूमिका सराहनीय छ”, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

जेनजी पुस्ताले उठाएको संरचनात्मक सुधारका मागलाई समेट्दै लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै थप उपलब्धि हासिल गर्न जरुरी रहेको उल्लेख गर्दै महासङ्घले संयम र संवेदनशील भएर इतिहासको यो कठिन र निर्णायक मोडमा जिम्मेवार बन्न सबै सरोकार भएका पक्षलाई हार्दिक अपिल गरेको छ ।

महासङ्घ लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि निरन्तर वकालत गर्दै आएको भन्दै अहिले सरकारले राजीनामा दिएको र अर्को सरकार बनिनसकेकाले मुलुक सङ्क्रमणकालीन अवस्थामा रहेको अवस्थामा शीघ्र मुलुकको निकास खेज्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घले भ्रष्टाचार नियन्त्रण र सुशासनको  माग राखेर भएको युवा पुस्ताको प्रदर्शनका क्रममा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

जनतालाई सुसूचित गर्न र शान्ति र लोकतन्त्रका लागि सधैँ क्रियाशील रहने पत्रकारहरू र सञ्चारमाध्यमलाई प्रदर्शनकारीले निशाना बनाइएको दुःखद् भएको अध्यक्ष शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।