२४ असार २०८३, बुधबार
,
Latest
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु नार्कको वर्तमान कार्यशैलीले संस्थालाई सही दिशामा लैजान सक्दैनः मन्त्री चौधरी आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै खानेपानी क्षेत्रमा नीतिगत सुधार सुरु, २ वर्षभित्र काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने लक्ष्य सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य छन्ः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ला कारागारबाट ३६ कैदीबन्दी फरार



अ+ अ-

जुम्ला। जिल्ला कारागारबाट ३६ जना कैदीबन्दी फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीका अनुसार मङ्गलबार राति जेलबाट कैदीहरू फरार भएका हुन् ।

प्रहरी नायब उपरीक्षक रेग्मीका अनुसार पाँच कैदीलाई भाग्नुअघि नियन्त्रणमा लिइएको भए पनि ३६ जना फरार छन् । प्रहरीका अनुसार सुरक्षाकर्मीमाथि कुटपिट गरी कैदी फरार भएका थिए ।

प्रारम्भिक अनुसन्धानमा कैदीहरू योजनाबद्ध रूपमा भागेको अनुमान छ । घटनापछि सुरक्षाकर्मीले खोजी गरिरहेको प्रहरीले जनाएको छ । रासस