९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल

कर्फ्यु र आन्दोलनका कारण आर्थिक क्षेत्र पूर्ण रुपमा ठप्प, बैंक बन्द

कर्फ्यु र आन्दोलनका कारण आर्थिक क्षेत्र पूर्ण रुपमा ठप्प, बैंक बन्द
अ अ+ अ-

सोमवार जेनजी युवाहरुमाथि सरकारले गरेको दमनका विरुद्ध आन्दोलन चर्किने भएपछि सरकारले लगाएको कफ्र्यूका कारण मंगलवार आर्थिक क्षेत्र पूर्णरुपमा ठप्प बनेको छ ।

बैंकहरु बन्द भए भने शेयर बजार पनि चल्न सकेनन् । बैंकर्स संघले कफ्र्यू लगाएका क्षेत्रहरूमा बैंक तथा वित्तिय संस्थाहरु नखोल्न भनेको थियो । बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले कफ्र्यू लागू भएको क्षेत्रमा कार्यालयहरू नखोल्ने निर्णय भएको बताउनु भयो । कार्यकारी निर्देशक शर्माले भन्नुभयो, ‘कफ्र्यू लगाएको क्षेत्रमा कार्यालय खोलिँदैन । सरकारले चल्ने वातावरण बनाउनुप¥यो ।’

यस्तै, नेपाल स्टक एक्स्चेन्जले एक सार्वजनिक सूचना जारी गर्दै जटिल परिस्थितिका कारण बजार बन्द गरेको हो । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ अनुसार आजका लागि कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ ।

‘प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्नेछ’ सो नियमावलीमा उल्लेख छ ।

त्यस्तै, अन्य निजी क्षेत्रहरूले पनि व्यसायहरु संचालन गरेका छैनन् । सुरक्षाको चुनौती देखिएको भन्दै अहिलेको अवस्थामा व्यवसायहरू संचालन गर्न नसकिने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलवार बिहान ८ बजेदेखि लागू हुनेगरी काठमाडौं जिल्लाको चक्रपथ भित्र कफ्र्यु आदेश जारी गरेको छ ।
अघिल्लो दिन जेनजी प्रदर्शनकारीमाथि सरकारले गरेको दमनका कारण १९ युवाको मृत्युपछि आज चक्रपथभित्र कफ्र्यु आदेश जारी भएको छ । यस्तो अवस्थामा सहज मानसिकताले कारोबार हुन नसक्ने भन्दै लगानीकर्ताले बजार बन्द गर्न माग गरेका थिए । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा भेग तोकेर त्यहाँका जिल्ला प्रशासन कार्यालये कफ्र्यू लगाएपछि मंगलवार नै सरकारी तथा निजी शैक्षिक संस्थापनि ठप्प भए ।

इप्पानद्वारा दमनको निन्दा

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले सोमवार विरोध प्रदर्शनमा उत्रिएका युवामाथि सरकारले दमन गरी १९ जनाको ज्यान लिएको भन्दै निन्दा गरेको छ ।
देशभर जेनजीले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले १९ जनाको ज्यान जाने, सयौंको संख्यामा घाइते र अंगभंग हुने गरी गरेको दमनको निन्दा गरेको छ ।

इप्पानले एक विज्ञप्ति जारी गर्दै भनेको छ–‘राज्य सञ्चालक र संवैधानिक निकायले सीमित व्यक्तिको स्वार्थमा काम गर्ने, विकास निर्माणका काम वर्षौंसम्म अड्काएर नागरिकलाई निराश पार्ने, भ्रष्टाचार, बेथिति र कुशासनका कारण युवापुस्तामा चरम निराशा देखिएको हाम्रो ठहर छ ।’

ऊर्जा क्षेत्र लगायत अन्य क्षेत्रमा राज्यका धेरैजसो निकायबाट निरन्तर प्रहार हुँदा युवा सडकमा आउन बाध्य भएको इप्पानको भनाइ छ । इप्पानका अध्यक्ष गणेश कार्की र महासचिव बलराम खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा ऊर्जा उद्यमीहरुले देशको अर्थतन्त्रमा पु¥याएको योगदानको स्मरण गराइएको छ ।

३ हजार मेगावाटभन्दा बढी ऊर्जा उत्पादन र ५ हजार मेगावाट क्षमताका आयोजनाको निर्माणमा सक्रिय इप्पानमा आवद्ध ऊर्जा उद्यमीहरुले राज्यलाई बर्सेनि साढे ३ अर्ब रुपैयाँ रोयल्टीसहित विभिन्न शीर्षकमा १० अर्बभन्दा बढी कर तिर्दै आएका छन् । लाखौंलाई रोजगारी दिइरहेको ऊर्जा क्षेत्रले थप विकासको लागि अर्बौं रकम कर तिर्दै आएको भए पनि राज्यको यस्तो व्यवहार खेदजनक रहेको इप्पानले उल्लेख गरेको छ ।