२३ श्रावण २०८३, शनिबार
,
Latest
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल सङ्घीयता र समावेशितामाथि आक्रमण भए सशक्त प्रतिकार गर्ने ‘अग्रगामी मोर्चा’को चेतावनी मुलुकको संकट समाधान र अग्रगमनका लागि नयाँ मोर्चाको विकल्प छैनः अध्यक्ष प्रभु साह ‘अग्रगामी मोर्चा’को अवधारणा सार्वजनिकः २८ बुँदे लक्ष्य र सांगठनिक संरचना प्रश्ताव अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि होइन, संविधानवादको रक्षाका लागि होः चन्द्रकान्त राउत वैशाख यता विपद्‌बाट २०५ जनाको मृत्यु ‘सिजेरियन’ सेवा ठप्प हुँदा तेह्रथुमका गर्भवतीलाई छ घण्टाको यात्रा भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा अनिश्चितकालीन कर्फ्यु



अ+ अ-

बुटवल । जेन–जी पुस्ताको आन्दोलनले उग्र रुप लिएपछि रूपन्देहीमा पनि अनिश्चितकालीन कफ्र्यू आदेश जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेबाट जारी भएको आदेशमा रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मंगलवार बिहानदेखि अर्को आदेश नभए सम्मको लागि रुपन्देही जिल्लाभर निषेधाज्ञा लागू भएको जनाइएको छ ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । जेन–जी आन्दोलन नियन्त्रण बाहिर गएपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिका तथा मुख्य राजमार्ग आसपासका क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको हो ।