२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले आज ८ अर्ब ५० करोड निक्षेप संकलन गर्ने



अ+ अ-

काठमाडौँ । सरकारले सोमवार (आज) ८ अर्ब ५० करोड निक्षेप संकलन गर्ने भएको छ । ९१ दिने ट्रेजरी अन्र्तगत उक्त निक्षेप संकलन गर्न लागिएको हो ।

सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण संकलन गर्ने लक्ष्य राखेको छ । यसमा ट्रेजरी बिल्सअन्तर्गत १ खर्ब ३० अर्ब संकलन गर्ने लक्ष्य छ ।

सरकारले बैंकहरुमा लगानीयोग्य रकम अधिक भइरहेको अवस्थामा आन्तरिक ऋणलाई बढाउँदै लामो समयावधिको पनि ट्रेजरी बिल्स पनि निष्कासन गर्दै आएको छ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुने गरेको छ ।   यसै महिनाको गत १६ गते पनि टे-जरी विक्री गरिएको थियो । ८१ दिने टे«जरी बिलमा बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी २.३२ प्रतिशत र सबैभन्दा कम २ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।

यस्तै, ३६४ दिने टे«जरी बिलमा बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी २.६९ प्रतिशत र सबैभन्दा कम २.४४  प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।
ब्याजदर सस्तो भएको मौका छोपेर सरकारले आन्तरिक ऋण उठाउने क्रमलाई तिब्र पार्दै आइरहेको छ ।

ट्रेजरी बिलहरू बोलकबोल मार्फत निष्कासन हुने गरेको छ । बहु–बोल मूल्य विधि प्रयोग हुन्छ । यसमा विभिन्न बोलदाताले फरक–फरक मूल्य वा प्रतिफल प्रश्ताव गर्छन्, र औसत मूल्यमा वितरण गर्ने गरिएको छ ।

यो प्रणालीले बजारको माग र आपूर्तिको आधारमा प्रतिफल निर्धारण गर्छ, जसले सरकारलाई द्रुत तरलता जुटाउन सहयोग गर्ने गरेको छ । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ ।

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् । प्रतिष्पर्धी र अप्रतिस्पर्धीबाट सम्बन्धित व्यवस्था ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिष्पर्धीको लागि छुट्याइएको हुन्छ । ट्रेजरी बिलको बोलकबोलमा “क”,“ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाइँदैन ।

एउटै बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवैतर्फबाट बोल गर्न भने पाइँदैन । सरकारको आम्दानी कमजोर भएको बेला खर्च धान्न सरकारले यस्ता उपकरण प्रयोग गर्ने गरेको छ ।