१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन-जी अभियानलाई कलाकारको साथ



अ+ अ-

काठमाडौं । कलाकारहरुले सोमबार जेन-जीले गर्न लागेको भनिएको आन्दोलनमा समर्थन जनाएका छन् ।

उनिहरुले सामाजिक संजाल बन्द गर्ने सरकारको कदमको विरोध गर्दे आन्दोलनमा समर्थन जनाएका हुन् ।

फिल्म निर्देशक निश्चल बस्नेत र अभिनेता पल शाह ,गायीका रचना रिमालले सामाजिक संञ्जालमा समर्थनको स्टाटस राख्दै उनिहरुले शान्तिपूर्ण प्रदर्शन गर्न जेन–जीहरूलाई आग्रह गरेका छन् । निश्चलले देशको कानून निसहाय र गरिब जनताको लागि मात्र लागू भएको जनाउदै जेन(जीको युवापुस्ता भ्रष्टाचारलाई लिएर निराश रहेको उल्लेख गर्दै आन्दोलन हुनु नै थियो भनेका छन् ।

अभिनेता पल शाहले पनि अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक बन्द गर्ने निर्णयले स्थिती झन् गम्भीर बनाएको भन्दै जेन(जी आन्दोलनलाई समर्थन जनाएका छन् ।

गायीका रचना रिमाल सामाजिक संञ्जालमा लेखेकी छिन् भोलिको GEN Z को महाअभियानमा काधमा राष्ट्रिय झण्डा बोकेर राष्ट्रिय गित गाउँदै युवाहरुको स्वतन्त्रता, अधिकार र भ्रष्टाचार विरोधी महाअभियानमा सहभागी हुन मन छ । अहिल्यै नेपाल पुगौँ भएको छ तर म युरोप साङ्गितिक यात्रामा हाल फिनल्यान्ड छु । भोलि मात्रै यहाँबाट नेपाल फर्कदै छु । साथिहरु, भोलिको अभियानमा प्रत्यक्ष सहभागी हुन सकिन तर मेरो मन त्यतै छ, भोलि पछिको अन्य अभियानमा मेरो सक्रिय सहभागिता रहनेछ । जय नेपाल

चर्चित गायक दुर्गेश थापाले नयाँ पुस्ता ‘जेन–जी’ लाई देशको भविष्यको नेतृत्वकर्ता भन्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । थापाले स्टाटसमा लेखेका छन्, “जेन–जी केवल नाम हैन, ब्राण्ड हो” भन्दै वेथिति र भ्रष्टाचारविरुद्ध यो पुस्ताले आवाज बुलन्द गर्न थालेको उल्लेख गरेका छन् । उनका अनुसार नयाँ पुस्ताले परिवर्तनको क्रान्ति सुरु गरिसकेको छ र यही पुस्ता नेपालको उज्यालो भविष्य निर्माण गर्ने शक्ति हो ।

नायक अनमोल केसीले लेखेका छन्, ‘सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं । हाम्रो अधिकार कोही रोक्न सक्दैन । हाम्रो आवाज दबिदैन ।’