१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

जेन-जी अभियानलाई कलाकारको साथ

जेन-जी अभियानलाई कलाकारको साथ
अ अ+ अ-

काठमाडौं । कलाकारहरुले सोमबार जेन-जीले गर्न लागेको भनिएको आन्दोलनमा समर्थन जनाएका छन् ।

उनिहरुले सामाजिक संजाल बन्द गर्ने सरकारको कदमको विरोध गर्दे आन्दोलनमा समर्थन जनाएका हुन् ।

फिल्म निर्देशक निश्चल बस्नेत र अभिनेता पल शाह ,गायीका रचना रिमालले सामाजिक संञ्जालमा समर्थनको स्टाटस राख्दै उनिहरुले शान्तिपूर्ण प्रदर्शन गर्न जेन–जीहरूलाई आग्रह गरेका छन् । निश्चलले देशको कानून निसहाय र गरिब जनताको लागि मात्र लागू भएको जनाउदै जेन(जीको युवापुस्ता भ्रष्टाचारलाई लिएर निराश रहेको उल्लेख गर्दै आन्दोलन हुनु नै थियो भनेका छन् ।

अभिनेता पल शाहले पनि अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक बन्द गर्ने निर्णयले स्थिती झन् गम्भीर बनाएको भन्दै जेन(जी आन्दोलनलाई समर्थन जनाएका छन् ।

गायीका रचना रिमाल सामाजिक संञ्जालमा लेखेकी छिन् भोलिको GEN Z को महाअभियानमा काधमा राष्ट्रिय झण्डा बोकेर राष्ट्रिय गित गाउँदै युवाहरुको स्वतन्त्रता, अधिकार र भ्रष्टाचार विरोधी महाअभियानमा सहभागी हुन मन छ । अहिल्यै नेपाल पुगौँ भएको छ तर म युरोप साङ्गितिक यात्रामा हाल फिनल्यान्ड छु । भोलि मात्रै यहाँबाट नेपाल फर्कदै छु । साथिहरु, भोलिको अभियानमा प्रत्यक्ष सहभागी हुन सकिन तर मेरो मन त्यतै छ, भोलि पछिको अन्य अभियानमा मेरो सक्रिय सहभागिता रहनेछ । जय नेपाल

चर्चित गायक दुर्गेश थापाले नयाँ पुस्ता ‘जेन–जी’ लाई देशको भविष्यको नेतृत्वकर्ता भन्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । थापाले स्टाटसमा लेखेका छन्, “जेन–जी केवल नाम हैन, ब्राण्ड हो” भन्दै वेथिति र भ्रष्टाचारविरुद्ध यो पुस्ताले आवाज बुलन्द गर्न थालेको उल्लेख गरेका छन् । उनका अनुसार नयाँ पुस्ताले परिवर्तनको क्रान्ति सुरु गरिसकेको छ र यही पुस्ता नेपालको उज्यालो भविष्य निर्माण गर्ने शक्ति हो ।

नायक अनमोल केसीले लेखेका छन्, ‘सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं । हाम्रो अधिकार कोही रोक्न सक्दैन । हाम्रो आवाज दबिदैन ।’