१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान

गड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

गड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
अ अ+ अ-

दोधारा चाँदनी, (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का उत्तम सुनारले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्न थाल्नुभएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत सुनारले इन्टरनेटको माध्यमबाट सिकेर गड्यौला मल उत्पादन गर्न लाग्नुभएको हो । “अध्ययन गर्दैगर्दा केही गरेर आम्दानी गर्ने सोच आयो, त्यसपछि इन्टरनेटमा के गर्दा ठिक होला भनेर खोज्न थाले”, उहाँले भन्नुभयो, “गड्यौला मल उत्पादनबाट कम लगानीमा बढी आम्दानी गर्न सकिने थाहा पाएपछि यसतर्फ लागे ।”

सुनारले दुई वर्षअघि रु चार लाख लगानीमा चार ब्याडबाट मल उत्पादन सुरु गरेको बताउनुभयो । उहाँले चार ब्याडबाट राम्रो आम्दानी भएपछि मल उत्पादन थप गरेर २५ ब्याडमा विस्तार गर्नुभएको छ । “माग धेरै आउन थालेपछि मल उत्पादन बढाएको छु, तर पनि बजारको माग धान्न सकिएको छैन”, उहाँले भन्नुभयो, “किसानले रासायनिक मलको विकल्पमा गड्यौला मल प्रयोग गर्न थालेपछि यसको माग धेरै आउने गरेको छ ।” उहाँले उत्पादन गरेको मल कैलालीसम्म बिक्री हुने गरेको बताउनुभयो ।

पछिल्लो समय तरकारीखेती, बगरखेती, बेमौसमीखेती गर्ने किसानले मलको माग गर्ने गरेको उहाँले बताउनुभयो । “सुरुआतमा करिब रु चार लाख लगानी गरेको थिएँ, त्योभन्दा बढी आम्दानी गरिसकेको छु”, उहाँले भन्नुभयो, “एक महिनामा मात्र रु एक लाख ५० हजारको मल बिक्री गरेको छु, यसरी बिक्री भयो भने वर्षमा रु सात लाखसम्म आम्दानी हुन्छ ।”

सुनारले तीन महिनामा ४८ क्विन्टल बढी मल बिक्री गरेको बताउनुभयो । गड्यौला मल प्रतिकिलो रु २५ का दरले बिक्री हुने गरेको छ । “बजारको मागअनुसार उत्पादन गर्न सकिएको छैन, मलका लागि जुल्लाबाट समेत माग आउने गरेको छ”, उहाँले भन्नुभयो, “मल उत्पादन थप गर्ने योजना बनाएको छु ।”

गड्यौला मलको प्रयोगले उत्पादन राम्रो हुने भएपछि पछिल्लो समय किसानले खेतीमा गड्यौला मल प्रयोग गर्ने गरेका छन् । उक्त मलले माटोको उर्वराशक्ति बढाउनुका साथै कम लागतमा उत्पादनमा वृद्धि र मानवीय स्वास्थ्य तथा वातावरणीय सुधारका निम्ति पनि यो उत्तम छ ।

पछिल्लो समय किसानले रासायनिक मलको विकल्पका रुपमा यो मल प्रयोग गर्ने गरेका छन् । गड्यौला मलमा एन्टिबायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकाले अरू मलभन्दा यो बढी गुणस्तरीय मानिन्छ । यस मलमा सामान्य माटोमा पाइने नाइट्रोजनभन्दा पाँच गुणा, फस्फोरसभन्दा सात गुणा र पोटासभन्दा ११ गुणा बढी मात्रामा पाइने कारण खेतीबालीका लागि बहुउपयोगी मानिएको छ । रासस