१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान

काँग्रेस र कम्युनिष्टहरु संघीयताको पक्षमा छैनन्ः अध्यक्ष यादव

काँग्रेस र कम्युनिष्टहरु संघीयताको पक्षमा छैनन्ः अध्यक्ष यादव
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र कम्युनिष्टहरु संघीयताको पक्षमा नरहेको आरोप लगाउनुभएको छ ।

संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा शुक्रवार आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाः जनजागरण अभियानलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले अहिले सबैभन्दा बढी संकटमा संघीय लोकतान्त्रिक गणतन्त्र रहेको बताउनु भयो । नेपाली काँग्रेस र कम्युनिष्टको कारण नै संघीयता संकटमा रहेको उहाँको आरोप छ । कहिले पनि काँग्रेस संघीयताको पक्षमा नरहेको आरोप लगाउनु भयो । नेपालमा वास्तविक कम्युनिष्टहरु नरहेको बताउँदै कम्युनिष्टको साइनबोर्ड लगाएर सबै कमाउने र अवसरवादीको जमात जम्मा भएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा धेरै संकटमा छ । धरापमा छ । काँग्रेस र कम्युनिष्टको कारण हो । कहिले पनि काँग्रेस संघीयताको पक्षमा छैन । कहिले पनि नेपाली काँग्रेस गणतन्त्रको पक्षमा थिएन । बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र काँग्रेसको मूल मन्त्र । यो न हो । यो माला जपिरहन्छन् । कम्युनिष्टहरु नेपालमा वास्तवमा छँदै छैनन् । न सिद्धान्तमा कम्युनिष्ट । न विचारमा । न आदर्शमा । न चरित्रमा । कम्युनिष्टको साइनबोर्ड लगाएर सबै कमाउने र अवसरवादीको जमात हो । जो कहिले पनि नेपालमा संघीयता र समावेशिताको पक्षमा छैनन् । अहिले दुवै मिलेर सबैभन्दा धेरै प्रहार संघीयतामाथि गरिरहेका छन् । यो देखावटी संघीयता हो । नक्कली संघीयता हो । अपाङ्ग संघीयता हो ।’

अध्यक्ष यादवले प्रदेश सरकारको अधिकार, कानून केही नरहेको भन्दै यस्तो सरकार हुन नसक्ने बताउनु भयो ।