१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

‘वाम एकताको चर्चाः अफवाह बढी वास्तविकता कम’

‘वाम एकताको चर्चाः अफवाह बढी वास्तविकता कम’
अ अ+ अ-

काठमाडौँ । केही दिन यता मिडियामा नेकपा (माओवादी केन्द्र), विप्लव नेतृत्वको नेकपा पार्टी र नेकपा (एकीकृत समाजवादी) बीच नेकपा मोडलमा एकता हुने हल्लाले व्यापकता पाइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भित्रका धेरै नेता कार्यकर्ता यी समाचार सुनेर आश्चर्यमा परेको प्रतिक्रिया दिन थालेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य केदार सञ्जेलले मुलुकमा वाम एकताको अपरिहार्यता भएपनि बाहिर आएका समाचारहरूमा आए जस्तो पार्टीभित्र औपचारिक रूपमा नउठेको र केन्द्रिय कमिटीमा कुनै निर्णय नभएको विषय कसरी एकता गर्ने अवस्थामा पुग्यो भन्नेकुरा थाहा नभएको बताउनु भयो । यस्ता समाचारले पार्टीका नेताहरू र कार्यकर्ताहरूलाई समेत अन्योलमा पारेको बताउनु भयो ।

केन्द्रिय सदस्य सञ्जेल भन्नुहुन्छ, ‘म आफैं केन्द्रिय कमिटीको सदस्य हुँ । अहिलेसम्म पार्टी एकताको कुनैपनि प्रक्रिया नीतिगत रूपमा निर्णय भएर अघि बढेको छैन । यसलाई हुने नसक्ने त भन्दिनँ, तर यो प्रक्रियालाई अगाडि लानका लागि पार्टी भित्र केही आन्तरिक निर्णयका प्रक्रियाहरू हुन्छन् । मेरो जानकारीअनुसार अहिले कुनैपनि तहका कमिटीहरूमा यसबारे निर्णय भएको छैन ।’

उहाँकाअनुसार, यस्ता अफवाहहरूले केन्द्रिय कमिटीका सदस्यहरू नै अन्योलमा पर्नुभएको छ । ‘हामीलाई पनि धेरै ठाउँमा यो प्रश्न उठिराखेको छ । यसबारे के भन्ने, के नभन्ने खालको कुरामा हामी केन्द्रिय कमिटीका सदस्यलगायत अन्य नेताहरू पनि अन्योलमा हुनुहुन्छ’ उहाँले थप्नुभयो । उहाँले यस्ता कुराहरू बाहिर ल्याउने कार्यले पार्टी अनुशासनमा प्रश्न उठ्ने बताउनु भयो ।


असोज ३ को हल्लाः सत्य कि अफवाह ?
असोज ३ गते संविधान दिवसमा एकता घोषणा हुने समाचारहरू आएका छन् । तर सञ्जेलले यो केवल हल्ला भएको र पार्टीभित्र कुनै औपचारिक छलफल नभएको बताउनुहुन्छ । ‘हल्ला हामीले सुन्यौं । सामाजिक सञ्जालमा पनि यो देखियो । तर मलाई विश्वास छैन कि हाम्रो पार्टीभित्र यति धेरै परिपक्व नेताहरू हुनुहुन्छ जसले प्रक्रिया बुझाएर, कार्यकर्ताको चित्त बुझाएर र कोही फाटेर अलग हुनेगरी अघि बढ्नुहुन्छ’ उहाँले भन्नुभयो ।

उहाँले जबज र माओवादीलाई वैचारिक कार्यदिशा मानेर जाने भन्ने सहमति भएको समाचारलाई पनि अस्वीकार गर्नुभयो । “यस्तो हुँदैन होला । यसो गरीयो भने महाधिवेशनमा पुग्दाखेरि एकीकरण भएको पार्टीको महाधिवेशन कस्तो होला ? एकले अर्कालाई नचिनेको अवस्थामा के हुन्छ ?“ उहाँले प्रश्न गर्नुभयो ।
वैचारिक आधार र एमालेसँगको सम्भावना

एमाले बाहेकका वामपन्थीहरूबीच एकताका लागि वैचारिक, सैद्धान्तिक र राजनीतिक एकरूपता आवश्यक भएको बताउनु भयो । ‘एकता भन्नाले सैद्धान्तिक, वैचारिक, राजनीतिक सबै कुराहरू त्यहाँभित्र आउनुपर्छ कि पर्दैन ? कि तुरुन्तै ल दुई वटा हामी मिलौं र चुनावमा हामी गएर आधी आधी सिट बाँडेर लडौं, यसो हो र एकता ?’ उहाँले प्रश्न गर्नुभयो ।

उहाँकाअनुसार माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाउने र नेपाली मोडलको वैज्ञानिक समाजवादलाई कार्यक्रम बनाउने पार्टीहरूबीच प्राथमिकताका आधारमा एकता हुनुपर्छ । नेकपा एमालेसँगको एकताबारे उहाँ भन्नुहुन्छ, ‘नेकपा एमालेले विगतमा गरेको त्रुटि कमजोरीहरूलाई सच्याउने, त्यो प्रतिवद्धता राख्ने र आजका आवश्यकताका आधारमा यसका नीति सिद्धान्त र कार्यक्रमहरूको बारेमा सहमत हुने हो भने नेकपा एमाले अहिलेको कम्युनिष्ट आन्दोलनभित्र मिलन गर्नलाई किन सक्दैन ? सक्छ ।’


वाम एकताको आवश्यकता र प्रक्रियागत शतर्कता

नेता सञ्जेलले वाम एकताको विकल्प नभएको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘यो मुलुकमा वाम एकताको विकल्प छैन । यदि यसो नगर्ने हो भने विसौं, पचासौं वर्षदेखि हामी कम्युनिष्ट पार्टीहरू सदस्य र भोटहरू बहुमतमा हुने तर अरूले राज्य गर्ने यो खालको प्रवृत्तिलाई नचिर्ने हो भने मुलुक अगाडि जान सक्दैन ।’ तर एकता प्रक्रियागत रूपमा पारदर्शी र छलफलपूर्ण हुनुपर्ने उहाँको जोड छ ।

उहाँले विगतमा माओवादीसँग एमालेको एकीकरणको अनुभव स्मरण गर्दै भन्नुभयो, ‘हिजो हामीहरू माओवादीसँग जतिखेर एमाले थियौं, त्यो बेलामा हामीले एकीकरण गरेको होइन र ? त्यो एकीकरणले के सार्थकता पायो ? कति महिना हामी टिक्यौं र त्यो एकीकरण भत्किएर गयो । त्यसो हुँदा त्यहाँबाट हामीले एउटा लेसन लिएका छौं । प्रक्रियाविहीन एकताले दिगो नहुने उहाँको ठम्याइ छ ।’

नेतृत्वको भुमिका र २०८४ को चिन्ता
कम्युनिष्ट पार्टी कार्यकर्तामा आधारित हुने उहाँको मान्यता छ । ‘कम्युनिष्ट पार्टी भनेको कार्यकर्तामा आधारित पार्टी हुन्छन् । दुनियाँको सबै ठाउँको यही नै हो’ उहाँले भन्नुभयो । नेतृत्वले टप–डाउन होइन, बटम–अप छलफल गर्नुपर्ने उहाँको सुझाव छ ।

उहाँले २०८४ को निर्वाचनलाई मध्यनजर गर्दै त्रुटि गर्न नहुने बताउनुहुन्छ । ‘यदि वामपन्थीहरूले परिवर्तनका संवाहक भएर जनताका आकांक्षाहरू पूरा गर्ने तहबाट नजाने हो भने आउँदो ८४ को निर्वाचनमा हामी कुन स्थितिमा बन्छौं, त्यो चाहीँ मलाई भयंकर डर लागेको छ’ उहाँले चिन्ता व्यक्त गर्नुभयो ।