एजेन्सी । थाइल्याण्ड, आफ्नो नाइटलाइफ र सुन्दर समुद्र तटहरूको लागि परिचित देश, अहिले ‘रेन्टल वाइफ’ अर्थात् ‘भाडाको पत्नी’ सेवा कारण चर्चामा छ ।
पटाया जस्ता शहरमा यो सेवा तीव्र रूपमा बढिरहेको छ, जहाँ विदेशी पर्यटकले पैसा दिएर केही समयका लागि महिलालाई पत्नी जस्तो राख्न सक्छन् ।
यस सेवामा महिलाले पुरुषको लागि खाना बनाउँछिन्, घुम्छिन् र घर जस्तो वातावरण प्रदान गर्छिन् । वास्तविक विवाह नभए पनि दुवैको इच्छा भएमा विवाह गर्न सकिन्छ ।
विशेषज्ञहरूको अनुसार, अधिकांश महिलाहरू गरिब परिवारबाट हुन्छन् र पैसाको आवश्यकताले यो काम अपनाएका छन् । कतिपयले पहिले नाइट क्लब वा बारमा काम गर्थे र त्यहाँ विदेशी पर्यटकसँग भेट हुँदा यो सेवा सुरु भएको हो ।
रेन्टल वाइफको मूल्य १६०० डलरदेखि १ लाख १६ हजार डलरसम्म पर्छ, नेपाली रुपियाँमा करिब १.४ लाखदेखि १ करोडभन्दा बढी । यसबाट धेरै महिलाहरूले आर्थिक लाभ पाएका छन् ।
तर समाज र नैतिकताको दृष्टिले यो विषय विवादास्पद बनेको छ । थाइल्याण्ड सरकार पनि चिन्तित छ कि यदि यो चलन बढ्यो भने महिलाको सुरक्षा जोखिममा पर्न सक्छ । त्यसैले सरकारले यसलाई नियमन गर्न कडा कानुन ल्याउने तयारी गरिरहेको छ ।










