काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले रुपन्देही ३ को उपनिर्वाचनका लागि महासचिव घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको छ ।
पार्टी जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले पार्टीका महासचिव घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको हो ।
उम्मेदवारका लागि सिफारिस हुनेमा लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हिराध्वज शाह, प्रदेश सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही एकका सहईन्चार्ज विजयलक्ष्मी राय छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं सांसद दीपक बोहराको निधन भएपछि आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नं. ३ मा उपनिर्वाचन हुन लागेको हो ।










