काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज (हर्क) साम्पाङले आज काठमाडौंमा र्याली निकालेका छन् ।
विभिन्न सामाजिक मुद्दा, शुद्ध खानेपानी, सुशासन र जनसहभागितामूलक विकासका एजेन्डा लिएर राजधानीमा प्रवेश गरेका साम्पाङको र्यालीमा ठूलो संख्यामा नागरिकको उपस्थिति रहेको थियो ।
र्यालीमा सहभागीहरूले “सफा राजनीति, पारदर्शी नेतृत्व” र “जनताका लागि जनता स्वयं उठौं” जस्ता नारा लगाएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै मेयर साम्पाङले धरानमा गरेको प्रयासलाई उदाहरण दिँदै देशभर नै “इमान्दार र उत्तरदायी नेतृत्व” को आवश्यकता रहेको बताए ।
उनको र्यालीमा नागरिक समाजका प्रतिनिधि, विद्यार्थी, स्वयंसेवक र विभिन्न संघ–संगठनका सदस्यहरूको सहभागिता रहेको थियो ।
यसअघि पनि मेयर साम्पाङ पटक–पटक काठमाडौं आएका थिए ।











