४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

अफगानिस्तान भूकम्प अपडेटः ६०० भन्दा बढीको मृत्यु

अफगानिस्तान भूकम्प अपडेटः ६०० भन्दा बढीको मृत्यु
अ+ अ-

एजेन्सी । अफगानिस्तानमा सोमबार राति गएको शक्तिशाली भूकम्पपछि घरहरू भत्किएपछि ठूलो उद्धार अभियान सुरु भएको छ । यस विपत्तिमा छ सयभन्दा बढी मानिसको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।

मध्यरातअघि आएको भूकम्पले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म भवनहरू हल्लाएको थियो ।

देशको पूर्वी भागमा केन्द्रित भूकम्पले ठूलो क्षति पुर्याएको छ । “कुनार प्रान्तमा छ सय १० जनाको मृत्यु भएको छ र एक हजार तीन सय जना घाइते भएका छन् । धेरै घरहरू भत्किएका छन्”, गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले भन्नुभयो ।

उहाँका अनुसार नङ्गरहार प्रान्तमा १२ जनाको मृत्यु भएको र दुई सय ५५ जना घाइते भएका छन् ।

तालिबान अधिकारीहरू र संयुक्त राष्ट्रसङ्घले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेका छन् ।

“अफगानिस्तानमा पूर्वी क्षेत्रमा आएको विनाशकारी भूकम्पले सयौँ मानिसको ज्यान गएको खबरले हामी गहिरो दुःखमा छौँ”, संयुक्त राष्ट्रसङ्घले एक्समा जनाएको छ । राष्ट्रसङ्घका अनुसार टोलीहरूले प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग र जीवनरक्षक सहायता पुर्‍याइरहेका छन् ।

अमेरिकी भूगर्भीय सर्वेक्षण ९युएसजिएस० का अनुसार भूकम्पको केन्द्रविन्दु नङ्गरहार प्रान्तको जलालाबाद सहरबाट २७ किलोमिटर टाढा आठ किलोमिटर गहिराइमा थियो । सामान्यतया सतह नजिकैको केन्द्र भएको भूकम्पले गहिरो भूकम्पभन्दा बढी क्षति पुर्‍याउँछ ।

– बारम्बार भूकम्प –

आइतबार राति ११ः३० बजे (स्थानीय समय ४ः०० बिहान) पछि ५.२ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प सहित कैयौँ परकम्प अनुभव गरिएको थियो ।

विशेष गरी युरेसियन र भारतीय टेक्टोनिक प्लेटहरूको सङ्गम क्षेत्रमा पर्ने हिन्दुकुश पर्वत शृङ्खलामा रहेको अफगानिस्तान बारम्बार भूकम्प प्रभावित क्षेत्र हो ।

यसअघि, शुक्रबारदेखि शनिबारसम्मको बाढीले नङ्गरहार प्रान्त प्रभावित भएको थियो । सो बाढीमा पाँच जनाको मृत्यु भएको र बाली तथा सम्पत्तिमा ठूलो क्षति पुगेको प्रान्तीय अधिकारीहरूले बताएका थिए ।

सन् २०२२ जुनमा पूर्वी सीमावर्ती प्रान्त पक्तिकामा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो र दशौँ हजार परिवार विस्थापित भएका थिए ।

चार दशक लामो युद्धले जर्जर बनेको अफगानिस्तानले अहिले पनि मानवीय सङ्कटको सामना गरिरहेको छ । तालिबानको पुनरागमनपछि विदेशी सहायता निकै घटेको छ, जसले प्रकोप सामना गर्ने देशको क्षमता अझ कमजोर बनाएको छ ।

सन् २०१५ मा पाकिस्तान र अफगानिस्तानमा गएको ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा तीन सय ८० भन्दा बढीको मृत्यु भएको थियो । सोही विपत्तिमा, विद्यालय भवन हल्लिँदा भागदौडका क्रममा १२ जना अफगान किशोरी विद्यार्थी किचिएर मारिएका थिए ।