१० श्रावण २०८३, आईतवार
,
Latest
ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव मोबाइल नदिएको निहुँमा साथीको हत्या झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता कञ्चनपुरमा भारत सरकारको सहयोगमा विद्यालय भवन रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु एनएफपिजे नेपालद्वारा ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप’ कार्यशाला सम्पन्न बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलनाथ–घनश्याम पक्षीय नेताहरू छुट्टै छलफलमा



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को झलनाथ–घनश्याम पक्षीय नेताहरूको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा सो समूहका नेताहरू छलफलमा जुटेका हुन् ।

छलफलमा पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटी लगायतका बैठकहरूको एजेन्डा तय गरिँदैछ ।

बैठकमा स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य लक्ष्मण लम्साल र नरेशकुमार शाही, केन्द्रीय सदस्य सुशील भट्टराई, केन्द्रीय सदस्य मनाकुमारी साउद लगायत सहभागी छन् ।

पछिल्लो समय अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच असमझदारी बढेको । उनीहरू सार्वजनिक रुपमै एक अर्काका अभिव्यक्तिको खण्डन गर्दै आईरहेका छन् ।