८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

लगानी भएका जलविद्युत आयोजना निर्माण गर्न मन्त्रालयले सहयोग गर्छः वनसचिव मिश्र

लगानी भएका जलविद्युत आयोजना निर्माण गर्न मन्त्रालयले सहयोग गर्छः वनसचिव मिश्र
अ अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले संरक्षण क्षेत्र र राष्ट्रिय निकुञ्जभित्र निमार्णको लागि लगानी भइसकेका जलविद्युत आयोजनालाई मन्त्रालयले सहजीकरण गर्ने बताउनुभएको छ ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आईतवार बसेको बैठकमा भएको हाईड्रोपावरहरुको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन (ईएमपी अपडेट) गर्ने विषयमा देखिएका समस्या सम्बन्धी छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।

लगानी हुन बाँकी रहेका आयोजनालाई अगाडी बढाउने विषयमा भने थप छलफल आवश्यक रहेको उहाँले बताउनु भयो । उहाँले राज्यकै निकायबाट अनुमति लिएर निर्माणका लागि तयार भएका परियोजना रोकेर व्यवसायी र राज्यलाई नोक्शानी गर्ने पक्षमा मन्त्रालय नरहेको बताउनु भयो । लागनी भएका आयोजना निर्माणको लागि अनुमति दिनको लागी मन्त्रालयले छिट्टै मन्त्रीपरिषद्मा प्रश्ताव लैजान लागेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो स्पष्ट धाराणा के हो भने लगानी भइसकेका आयोजनाहरुलाई अगाडी बढाउनुपर्छ, वन मन्त्रालयको । र बाँकीका लागी छलफल गरौँ । तर हिजोको कानुन अनुसार राज्यकै निकायबाट अनुमति लिएर अगाडी गएका आयोजाहरुलाई चाँही रोकेर व्यवसायी र राज्यलाई नोक्शानी गर्नु हुँदैन भन्ने नै हो । त्यसका लागी विधिगत रुपमा हामीले मन्त्रीपरिषदमा लगेर यो हलसम्मको किनकी सवोच्च अदालतको आदेश नै भएको हुनाले कर्मचारी पनि स्वभाविक रुपमा धेरै जोखिम लिने अवस्थामा हुँदैन । वन मन्त्रालयले यसलाई फुकाउन भरपुर प्रयास गरिरहेको छ । यही प्रयासको कारण २÷४ महिना लागेको हो तर हामी लगानी भईसकेकोलाई फुकाउन हर प्रयास गरिरहेका छौँ ।’ 

उहाँले संरक्षण क्षेत्र र राष्ट्रिय निकुञ्ज भित्रका संवेदनशील क्षेत्र निर्धारण गर्नको लागि संसदले नै संसदीय समिति निर्माण गरिदिन पनि आग्रह गर्नुभयो ।