३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा

प्रतिवाद युद्ध विजयको ८० औँ वार्षिकोत्सवः शान्तिप्रतिको चीनको उत्कट अभिलाषाको अभिव्यक्ति

प्रतिवाद युद्ध विजयको ८० औँ वार्षिकोत्सवः शान्तिप्रतिको चीनको उत्कट अभिलाषाको अभिव्यक्ति
अ+ अ-

काठमाडौँ। चिनियाँ राष्ट्रपति सी चिनफिङले भन्नुभएको छ, “इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ ।

त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा भएका घटनाको कारण र परिणाम पत्ता लगाई पहिले गरेका गल्तीहरुलाई पुनः नदोहोर्याउनका निम्ति हो ।”

सन् १८४० पछि साम्राज्यवादी शक्तिहरुको आक्रमण र तत्कालीन चीनको भ्रष्ट छीङ राजवंशको शासनका कारण चिनियाँ जनताले ठूलो सङ्कटको सामना गर्नु परेको थियो ।

त्यसैबेलादेखि चिनियाँ इतिहासको सबैभन्दा अन्धकारमय अध्याय सुरु भएको थियो । त्यो अन्धकारमय इतिहासको पनि सबैभन्दा नृशंस पृष्ठ भनेको जापानी सेनाले चीनमा गरेको आक्रमण थियो । सन् १८९४ मा जापानी प्रतिगामीहरुले आक्रमण गरी चीनको थाइवान र फङह द्वीपसमूह माथि कब्जा जमायो । सन् १९०० मा अरु विदेशी आक्रमणकारीसँगै पेइचिङमा आक्रमण भयो ।

सन् १९०४ मा जापान–रुस युद्ध प्रारम्भ गरी चीनको उत्तरपूर्वी भागमा अतिक्रमण भयो । सन् १९१४ मा छीङ ताओ सहरमा आक्रमण गरी कब्जा जमायो । सन् १९१५ मा चीनको अधिकार हनन हुने ू एक्काइस दाबी प्रस्तुत गर्यो । सन् १९३१ को सेप्टेम्बर १८ मा चिनियाँ सेना र जापानी सेनाबिच द्वन्द्वको घटना भयो ।

यो दिन चीनको सम्पूर्ण उत्तरपूर्वी क्षेत्रमा जापाले आक्रमण गरी कब्जा जमायो । सन् १९३५ मा मध्य उत्तर चीन घटना र सन् १९३७ जुलाई ७ मा युयान्फीङ् काउन्टी सदरमुकाममा विस्फोटन र मार्कोपोलो पुलमा आक्रमण गरी चीनमा व्यापक आक्रामक युद्ध प्रारम्भ गर्यो ।

त्यसवेला उनीहरुले पुरै चीनलाई उपनिवेश बनाएर त्यसपछि सम्पूर्ण एसियालाई नियन्त्रणमा लिई विश्व शक्ति बन्ने सपना देखेका थिए । यी शृङ्खलाबद्ध कार्यले चिनियाँ जनता माथि अभूतपुर्व सङ्कट आइलाग्यो र त्यसले चिनियाँ जनतामा प्रतिरोधको अदम्य साहस पनि जगायो ।

देश र देशवासी जीवन मरणको दोसाँधमा पुगेका बेला चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो असाधारण नेतृत्व र सही रणनीति एवं रणकौशलद्वारा जापानी आक्रमणविरुद्ध एकीकृत संयुक्त मोर्चा गठन गरी चिनियाँ प्रतिरोधलाई दिशा निर्देश गर्यो । विभाजन र युद्धत्यागको सर्वथा विरोध गरी सम्पूर्ण जातिको प्रतिरोध युद्ध , एकता र प्रगतिलाई निरन्तरता दिँदै चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ जनताको आशा र प्रतिरोध युद्धको आधार स्तम्भ बन्यो ।

त्यसबेला सोभियत सङ्घ , अमेरिका , कोरिया , भियतनाम , क्यानडा , भारत , न्युजिल्याण्ड , पोल्याण्ड , डेनमार्क , अष्ट्रिया , रोमानिया , बुल्गेरिया फासिस्ट विरोधी योद्धाहरुले पनि चीनको जापानी आक्रमण विरुद्धको युद्धमा प्रत्यक्ष रुपमा सम्मिलित भएर चीनलाई सहयोग गरेका थिए । त्यसबखत नेपाली वीरहरु पनि युरोप , उत्तर अफ्रिका र दक्षिणपूर्वी एसियाका युद्धस्थलमा सहयोगी सेनासँग मिलेर फासिस्ट शक्तिको आक्रमणको प्रतिरोध गरिरहेका थिए ।

केही दिन अघि मात्र मैले काठमाडौँस्थित बेलायती राजदूतावासले जापानी सेनाले सहयोगी सेनासमक्ष आत्मसमर्पण गरेपछि विजय प्राप्त गरेको दिनको सम्झनामा आयोजना गरेको कार्यक्रममा सहभागी हुने सौभाग्य पाएको थिएँ । त्यस अवसरमा पोखरास्थित ब्रिटिश गोर्खा सेनाले परेड पनि गरेको थियो ।

दोस्रो विश्व युद्धमा ब्रिटिश सेनामा नेपालीको गोर्खा सैन्यले बर्मा युद्धस्थलमा चिनियाँ सेनासँग मिलेर जापानी सेनालाई पराजित गर्न महत्त्वपूर्ण योगदान पुर्याएको सुनेर म प्रशन्न भएको छु । विश्वशान्तिका निम्ति नेपालले पुर्याएको यो अद्वितीय योगदान हो , साथै चिनियाँ र नेपाली जनताले आलो रगतका माध्यमबाट गाँसेको अनमोल मैत्री पनि हो।

धेरै वर्षको रक्तपातपूर्ण युद्धपछि आजभन्दा ८० वर्ष पहिले विश्वका जनतासँगै चिनियाँ जनताले फासिष्टरुलाई पूर्ण रूपले परास्त गरेभने जापानी सैन्यवादी आक्रमणकारीलाई पनि हराए । चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको युद्ध र विश्वका जनताको फासिष्टहरुविरुद्धको युद्धमा विजय प्राप्त भयो। अन्ततः अन्धकारमाथि उज्यालोको , प्रतिगमनमाथि प्रगतिको विजय भयो । आफ्नो शवबाट ‘ग्रेटवाल’ निर्माण गर्न पनि पछि नपरेका वीरहरुको आत्मालाई शान्ति मिल्यो ।

यो कहालीलाग्दो सङ्कट र वीरतापूर्ण प्रतिरोधको इतिहासले हामीलाई के सन्देश दिएको छ ?

कुनै जातिको अस्तित्व र उन्नतिको मानसिक आधार भनेको सङ्घर्षको भावना हो । जापानी आक्रमणविरुद्धको युद्धमा चिनियाँ जनतामा प्रतिरोधको भावनाको विकास भयो । चिनियाँ जनताले विश्वसमक्ष देशको उन्नति वा पतनमा सर्वसाधारण जनताको पनि जिम्मेवारी हुन्छ भन्ने राष्ट्रवादलाई आफ्नो अन्तिम गन्तब्य सम्झेर प्राणको आहुति दिनुपरे पनि आत्मसमर्पण नगर्ने स्वाभिमान , अत्याचारसँग नडराई अन्तिम घडीसम्म युद्ध गर्ने र जति समस्या परे पनि नहट्ने जति दुःख सहनु परे पनि नछोड्ने विजयप्रतिको आत्मविश्वास प्रस्तुत गरे । फासिष्टहरूको शक्तिशाली हतियारको अगाडि चिनियाँ जनताले सबै जुक्ति सोचे तर कहिले पनि आत्मसमर्पण सोचेनन् ।

दुई विश्वयुद्धको इतिहासले प्रमाणित गर्दछ (आक्रमणमा परेकाहरुले आत्मसमर्पण गरेपनि आक्रमणकरीहरुले नरसंहार गर्न सक्दैनन् । युद्धका निम्ति साहस गर्नु , युद्धकौशलमा निपुण हुनु नै कुनै जाति स्वतन्त्र एवं शक्तिशाली बनेर चमत्कारिक रूपमा सफल हुनुको एकमात्र उपाय हो । देश समृद्ध, जनता सबल हुनु नै देशको सुरक्षको भौतिक आधार हो ।

राष्ट्रपति सीले भन्नु भएको छ , “पछाडि पर्नेहरुले पिटाइ खान्छन्, विकास गरेर मात्र बलियो हुन सकिन्छ । फासिष्ट युद्धवादले बिना हिच्किचाहट छिमेकी देशहरुमा आक्रमण गर्ने साहस गर्नु तिनीहरुको आर्थिक अवस्था र सैन्यबल अरुकोभन्दा सुदृढ भएर नै हो । आजसम्म पनि प्रभुत्ववाद र शक्ति राजनीतिले अन्तरराष्ट्रिय राजनीतिमा स्थान र शक्तिको आधारमा अरु देशहरुसँग व्यापार गर्नु पर्ने कुराको प्रचार गरेको पाइन्छ । यसबाट युद्धको भूत अझै पनि विश्ववाट हराइ नसकेको प्रमाणित हुन्छ ।

चिनियाँ जनताले इतिहासको यस अन्धकार पृष्ठबाट राष्ट्रिय शक्तिको विकासको महत्त्व गहन रूपमा बुझेको छ । आज चीन कुनै पनि प्रकारको बाह्य दबाबको प्रतिकार गर्ने सामथ्र्यमा छ । चीनका हरेक पुस्ताले मेहनत गरी अनुपम उपलब्धि हासिल गरी आफ्नो आत्मविश्वास प्रकट गरेका छन्न् । मैले बारम्बार भन्ने गरेको छु , नेपालले अहिले सामना गरिरहेका विकाससम्बन्धी हरेक समस्याको चिनियाँ शैलीको समाधान छ , चीन र नेपालको विकास एकबद्ध भएमा नेपाल कुनै पनि समय र अवसरमा आत्मविश्वास युक्त हुनसक्नेछ ।

साझा भाग्य र भविष्य नै शक्ति कायम गर्ने आधारभूत मार्ग हो । सन् १९३७ डिसेम्बर १३ मा जापानी आक्रमणकारीले चीनको नानचिङमा आक्रमण गरी छ साताभन्दा लामो अवधिसम्म आगजनी , बलात्कार , लुटपाट नरसंहार गरे । त्यसमा परेर कम्तीमा तीन लाख जनाको ज्यान गयो । हालै चीनमा नानचिङ नरसंहारको दुखद् इतिहासलाई पृष्ठभूमि बनाएर निर्माण गरिएको ऐतिहासिक चलचित्र हेरिसकेपछि दुःख र रिसले धेरै दर्शकहरुले आँसु बगाए।

यस प्रकारको पीडाले मानिसहरुलाई सास फेर्नसमेत गाह्रो भएको अनुभव गराउँछ । चिनियाँ जनताले जापानी आक्रमणको दुःख सङ्कट झेलिसकेको हुँदा शान्ति कत्तिको महत्त्वपूर्ण छ , समानताको आधारमा अरुको सम्मान गर्नु कत्तिको महत्त्वपूर्ण छ भन्ने राम्ररी बुझेको छ ।

चीनले आफूले भोगिसकेको युद्धको आघात कदापि अरु कुनै देशमाथि लाद्ने छैन । कहिले पनि आफ्नो वर्चस्व स्थापना गर्ने छैन । विस्तारवादी नीति अपनाउने छैन । प्रभावक्षेत्र बनाउन खोज्ने छैन । चिनियाँ शैलीको आधुनिकीरण भनेको शान्तिपूर्ण विकासको सत्यवादी पथ हो । उपनिवेश बनाएर लुट्ने पुरानो तरिका र देश शक्तिशाली बनेपछि प्रभुत्ववादी अवश्य बन्ने छ भन्ने गलत सोचाइवाट यो पूर्णरुपले मुक्त छ । यो हामीले विश्वसमक्ष गरेको गम्भीर प्रण हो । हामी नेपाललगायत विश्वका सम्पूर्ण देशहरुसँग संयुक्त रुपमा मानवजातिको साझा भविष्य निर्माण गर्न चाहन्छौँ , विश्वमा शान्ति , विकास र उन्नतिका निम्ति सघाउन चाहन्छौँ ।

फ्रान्सेली इतिहासकार अन्इटोन प्रोस्टले आफ्नो पुस्तक ‘इतिहासका बाह्र पाठ’ मा एक विचारणीय कुरा लेखेका छन्: इतिहासको अध्ययन विगतमा भएका आपसी विद्वेषयुक्त रोषको स्मृतिलाई बढाउनका निम्ति होइन , त्यो त विगतमा के घटना भए र के कारणले घटे , त्यसवारे बुझ्नका निम्ति हो । इतिहासलाई बिर्सनेले अवश्य पनि पहिले कै गल्ती दोहोर्याउने छ । इतिहासलाई वास्ता नगर्ने पुस्ताको विगत पनि हुने छैन । र, भविष्य पनि ।

यस वर्ष हामीले चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको युद्ध विजय र विश्व फासिष्टविरुद्ध युद्ध विजयको ८० औँ वार्षिकोत्सव धुमधामका साथ मनाउदै छौँ। यसबाट हाम्रो शान्तिप्रतिको उत्कट अभिलाषा प्रकट भएको छ । हामी विश्वभरका युवा पुस्तामा शान्तिपूर्ण मूल्य मान्यताको निर्माणका निम्ति सहयोग गर्ने छौँ । यो अवश्य पनि एक पवित्र एवं महान् कार्य हो ।

हामीलाई विश्वास छ, हाम्रा युवा प्रतिभाले अवश्य पनि शान्ति एवं मैत्रीपूर्ण वातावरणमा संयुक्त रूपमा मानवजातिको साझा भविष्यको समष्टि निर्माणको यात्रामा अगाडि बढी युगले दिएको जिम्मेवारी पूरा गर्ने छन् ।

लेखक नेपालका लागि चीनका राजदूत हुनुहुन्छ । प्रस्तुत विचार उहाँका निजी हुन् । रासस