२१ भाद्र २०८३, आईतवार
,
Latest
तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना प्युठानको काईया राष्ट्रिय वनमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, पार्टी एकतामा जोड नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–चीन सहकार्य विस्तार गर्ने समझदारी



अ+ अ-

काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा नेपाल–चीनबीच मित्रता र सहकार्यलाई अझ मजबुत बनाउने सहमति भएको छ।

दुई देशका संयन्त्रहरू आगामी दिनमा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धतामा पुगेका छन्। यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई नेपालको प्रष्ट धारणा सुनाउँदै भारत–चीनबीच लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमति प्रति कडा आपत्ति जनाएका छन्।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओलीले यो मुद्दा स्पष्ट रूपमा राष्ट्रपति सीसमक्ष उठाएका थिए।

नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वपट्टिका सम्पूर्ण भूभाग आफ्नै सार्वभौम क्षेत्र भएको दाबी दोहोर्याएको छ। यस सन्दर्भमा चीनले नेपाललाई सहयोग गर्ने विश्वास नेपालले व्यक्त गरेको छ।