३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

दिनेश राउतको प्रेम कथानक ‘कुमारी’ घोषणा, अबिशेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा

दिनेश राउतको प्रेम कथानक ‘कुमारी’ घोषणा, अबिशेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा
अ+ अ-

काठमाडौं – निर्देशक दिनेश राउतले आफ्नो नयाँ चलचित्र ‘कुमारी’ को घोषणा गरेका छन्। काठमाडौंको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो। यसै कार्यक्रममा मुख्य कलाकारको रूपमा अबिशेक खड्का र आकृति राजभन्डारीलाई प्रस्तुत गरियो।

कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुतिले थप रौनक थपेको थियो। लिम्बुले यसै चलचित्रबाट पार्श्व गायनमा डेब्यु गर्ने घोषणा गर्दै यसै चलचित्रको गीत ‘कहाँ छौ’ प्रस्तुत गरे।

‘आइ एम सरी’ बाट निर्देशन सुरु गरेका राउत, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथामा आधारित चलचित्रका लागि चिनिन्छन्। यद्यपि, उनले हालसालै ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’, र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयवस्तुमा आधारित चलचित्र पनि निर्देशन गरेका छन्। दर्शकको चाहनाअनुसार आफू फेरि प्रेमकथामा फर्किएको उनले बताए। निर्देशक राउतले ‘कुमारी’को निर्माण ‘पुजार सार्की’ चलचित्रभन्दा अगाडि नै थालेका थिए, तर विविध कारणले अहिले छायाङ्कनमा जान लागेको हो।

‘कुमारी’ को निर्माण बिनिश इन्टरटेन्मेन्टले गरिरहेको छ भने पिक्चर फ्रेमको सहकार्य रहनेछ। यसका निर्माता महेन्द्र अधिकारी हुन् भने कथा विकास सुवेदीले लेखेका छन्। चलचित्रमा अबिशेक र आकृतिबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहार लगायतका कलाकारको पनि अभिनय रहनेछ।

चलचित्रको सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीले गर्नेछन्। केहरले सबै गीतमा स्वर दिनेछन्। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्। सार्वजनिक पोस्टर डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले र पोस्टर फोटोग्राफी राजभाई सुवालले गरेका हुन्।

चलचित्रको छायाङ्कन यसै हप्तादेखि काठमाडौंमा सुरु हुँदैछ र यसै वर्ष प्रदर्शन गर्ने योजना रहेको निर्माण टिमले बताएको छ। ‘कुमारी’को डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गर्नेछ भने काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएट्रिकल वितरण सम्हाल्नेछन्।

सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहने यस चलचित्रमा कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत रहेका छन्। चलचित्रको अन-स्क्रिन कविता रिया अधिकारीले रचना गरेकी छन्। चलचित्रमा सुप्रिम पराजुलीको रङ्ग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापाको कोरियोग्राफी रहनेछ।

चलचित्रमा पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ। मिडिया तथा पब्लिसिटी एक्जिक्युटिभ जीवन पराजुली, कस्ट्युम डिजाइनर अञ्जली रिजाल, प्रोडक्सन म्यानेजर मनोज जोशी, प्रोडक्सन कन्ट्रोलर विदुर मानन्धर र सुदीप ढकाल, मेकअप आर्टिस्ट समारा जोशी, हेयर स्टाइलिस्ट सरस्वती श्रेष्ठ रहेका छन् भने तर्कराज न्यौपाने, राजेश राज गिरी र आयुष दाहालको सहायक निर्देशन रहनेछ।