२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो



अ+ अ-

जुम्ला। सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । कालीकोटको कालेखोलामा गएराति सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

कालेखोलामा आएको लेदोसहितको पहिरोले भासिएको सडक पुनःनिर्माण गरेपछि साँझ ६ः०० बजेतिर एकतर्फी रूपमा राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्रकुमार चौधरीले बताउनुभयो ।

कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोलास्थित अवरुद्ध राजमार्ग तत्काल अस्थायी रूपमा साना सवारीसाधन (बस ट्रकबाहेक) आवागमन सञ्चालन भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चौधरीले जानकारी दिनुभयो ।

सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै कालीकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आवतजावत गर्न रोकिएका साना गाडी आआफ्नो गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । रासस