१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरीमा डुबेर एकजनाको मृत्यु



अ+ अ-

गोरखा। सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर यहाँको पालुङटार नगरपालिका–७ मा ५४ वर्षीय कालीबहादुर बरामको मृत्यु भएको छ ।

खत्रीटार पिप्लेखोल्सीस्थित कटहरेपाटामा पोखरीमा डुवेर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

मङ्गलबार बराम अचानक चिप्लिएर उक्त पोखरीमा खसेकोमा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको प्रहरीको टोलीले आजमात्र शव फेला पारेको उपरीक्षक सुवेदीले बताउनुभयो ।

उक्त पोखरी सिँचाइ प्रयोजनका लागि बाँध लगाइ निर्माण गरिएको थियो । बरामको शव निकालेर घटनास्थलको प्रकृति मुचुल्का उठाइ शव परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस