२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते



अ+ अ-

बैतडी। बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । गोठालापानीबाट खोड्पेतर्फ जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् ।

आज दिउँसो २ बजे जिल्लाको दशरथचन्द नगरपालिका–४ शाहिलेक नपुग्दै इश्वरीगङ्गा जाने बाटोमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो ।

दशरथचन्द नगरपालिका–४ का ३४ वर्षीय धीरेन्द्र खत्री, २१ वर्षीय लक्ष्मण नाथ, दशरथचन्द–६ का २१ वर्षीय अर्जुन महर, २२ वर्षीय भूपेश जोशी, दशरथचन्द–११ ग्वालेकका ५० वर्षीया हरिना जोशी घाइते भएका छन् ।

यस्तै पुर्चौडी नगरपालिका– ४ का ३८ वर्षीया हीरा भट्ट, २३ वर्षीय जनक भट्ट, पुर्चाैडी–५ का १७ वर्षीय रिकेश पार्की, २८ वर्षीय दिनेश पार्की, पाटन नगरपालिका–९ का १८ वर्षीय कविराज भट्ट, २१ वर्षीय जनक भट्ट र पाटन नगरपालिका– ३ का ४२ वर्षीय डम्मरदत्त भट्ट घाइते भएको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।

घाइतेमध्ये अर्जुन, दिनेश र कबिराज गम्भीर रहेको प्रहरी निरीक्षक बडूले जानकारी दिनुभयो । बाँकीको अवस्था सामान्य रहेको छ । घाइते सबैको उद्धार गरी जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन । जिप सडकबाट करिब ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिपमा चालकसहित जम्मा १३ जना सवार थिए ।

चालक रोशन भट्टलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक बडूले बताउनुभयो । रासस