२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जातीय विभेदको आरोपमा युवक पक्राउ



अ+ अ-

गोरखा। जातीय विभेद गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङको गजुरी गाउँपालिका–२, मलेखु घर भएका २२ वर्षीय मिलन श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

श्रेष्ठले गोरखाको सहिदलखन गाउँपालिका–१, बक्राङ माइती भएकी मनिका परियारसँग विवाह गरेका थिए । गर्भवती भएपछि उनले पत्नी दलित समुदायकी भएको भन्दै हेलाहोचो गर्नुका साथै विभेद गरेको आरोप छ । उनीबाट जन्मिएको छोराको जन्मदर्तासमेत नबनाएको पीडितले दिएको उजुरीमा उल्लेख छ ।

पीडित परियारले न्याय माग्दै जिल्ला प्रहरीमा जाहेरी दर्ता गरेकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको डिएसपी सुवेदीले बताउनुभयो । उहाँका अनुसार श्रेष्ठलाई आइतबार धादिङ प्रहरीको समन्वयमा गजुरी गाउँपालिका– ६, राम्चेबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका श्रेष्ठमाथि आज जिल्ला अदालत गोरखाबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको डिएसपी सुवेदीले बताउनुभयो ।रासस