१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ? खेतमा पानी पुगेपछि किसान खुसी रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँ केन्द्रित अर्थतन्त्रमा जोड दिन आवश्यक-अध्यक्ष सापकोटा



अ+ अ-

काठमाडौँ। नेपाल उद्योग तथा व्यवसायी महासङ्घका अध्यक्ष भागिरथ सापकोटाले अर्थतन्त्रलाई गाउँ केन्द्रित बनाउन सकियो भने मात्रै सार्थक विकास सम्भव हुने बताउनुभएको छ ।

महासङ्घको सुन्धारास्थित केन्द्रीय कार्यालय आज उद्घाटन गर्दै उहाँले नेपालीपन झल्कने गरी अर्थतन्त्रको विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

“मुलुकको अर्थतन्त्र अहिले रेमिट्यान्समा निर्भर छ, तर यो दिगो अर्थतन्त्रका लागि राम्रो होइन”, अध्यक्ष सापकोटाले भन्नुभयो, “रेमिट्यान्सको रकममार्फत भन्सारमा आधारित करले अर्थतन्त्रबाट बाहिर निस्कन स्वदेशी वस्तुको उत्पादनमा जोड दिनुपर्छ, यसका लागि गाउँ केन्द्रित विकासमा जानुपर्छ ।”

त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवं जनवर्गीय सङ्गठनका इन्चार्ज भानुभक्त ढकालले महासङ्घको सुझाव सरकार र पार्टीले लिने नीतिमा देखिने विश्वास व्यक्त गर्नुभयो ।

महासङ्घले यसअघि रामशाहपथस्थित नेशनल ट्रेडिङको भवनमा रहेको आफ्नो केन्द्रीय कार्यालयलाई आजदेखि सुन्धरास्थित सिटिसी मलमा सारेको हो ।

त्यस अवसरमा महासङ्घका इन्चार्ज रचना खड्का, महासङ्घका पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य तथा उद्योगी व्यवसायीको उपस्थिति थियो । रासस