८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बेनीमा मौलिक परम्परागत रोपाइँ नाच प्रदर्शन

बेनीमा मौलिक परम्परागत रोपाइँ नाच प्रदर्शन
अ अ+ अ-

म्याग्दी। केटा : ‘असारे मास, दब्दवे हिलो छुनलाई घिन लाग्यो
पातली नानीलाई, फरिया किन्दा, छ बीस रिन लाग्यो ।’
केटी : ‘त्यो पारी वन, खरिको बोट, गुड लायो फिस्टाले
फरिया किन्दा, रिन लायो भन्छ, के पाल्ला यस्ताले ?’

म्याग्दीको सदरमुकाम बेनीको सडकमा शुक्रबार दिनभर यस्तै गीत घन्कियो । गीतको भावमा नेवार समुदायको मौलिक पोसाकमा सजिएका कलाकारहरूले धान रोपेको अभिनयसहितको नृत्य प्रस्तुत गरे ।

नेपाल भाषा मंकाःखलः, मैजुःखलः र ल्यामःपुचःको आयोजनामा एकमहिने लामो वर्खे नाचअन्तर्गत ‘रोपाइँ नाच’ देखाइएको हो । नेपाल भाषा मंकाःखलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बेनीमा बस्ती बसेदेखि दुई सय वर्ष अघिदेखि सुरु भएको वर्खे नाचअन्तर्गत रोपाइँ नाचलाई निरन्तरता दिएको बताउनुभयो ।

“गाउँका विशिष्ट व्यक्तिको खेतमा हुने रोपाइँको झल्को यस नाचमा प्रस्तुत गरिन्छ”, उहाँले भन्नुभयो, “पुरुषले महिलाको पोसाकमा सजिएर असारे गीतमा नाच्ने यो नाचको प्रमुख विशेषता हो ।”

गीत गाउने र खेतालाको अभिनयसहित नाच्ने करिब ५० जना कलाकार आवश्यक पर्छ । युवा पुस्ताको पलायन र पुराना पुस्ता नासिने क्रमसँगै पछिल्लो समय कलाकार अभाव भए पनि परम्परा र मौलिक संस्कृतिको जगेर्नालाई निरन्तरता दिएको अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार पछिल्लो समय महिला र किशोर किशोरीलाई प्रशिक्षण दिएर रोपाइँ नाचमा सहभागी गराउन थालिएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजको दिनसम्म विभिन्न नाच देखाइने यस वर्खे नाचले बेनीमा जात्राकै रौनक दिने गरेको छ ।

लाखे, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइने गरिन्छ । वर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचान हो । वर्खेनाचमा मृदृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ ।

सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ । तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ । रासस