३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा

चीन—भारत लिपुलेक सहमतिबारे बाबुरामः ‘हामी झुक्नु हुँदैन, प्रधानमन्त्रीलाई राष्ट्रिय हितमा दरोसँग उभिएर कुरा गर्न सहयोग गरौँ’

चीन—भारत लिपुलेक सहमतिबारे बाबुरामः ‘हामी झुक्नु हुँदैन, प्रधानमन्त्रीलाई राष्ट्रिय हितमा दरोसँग उभिएर कुरा गर्न सहयोग गरौँ’
अ+ अ-

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई राष्ट्रिय हितमा दरोसँग उभिएर कुरा गर्न सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

चीन—भारतबीच लिपुलेक हुँदै व्यापारिक सहमति हुनुले नेपालको भौगोलिक अखण्डतामाथि आँच पुगेको भन्दै उहाँले नझुकीकन स्पष्टसँग दुवै छिमेकीसँग कुरा गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले दुवै छिमेकी देशका प्रतिनिधिसँग शुरुमा छुट्टाछुट्टै वाताए गर्ने र पछि संयुक्त रुपमा वार्ता गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले झुक्ने नभइ दरोसँगले यि तथ्य प्रमाणले लिपुलेक नेपालको हो भन्न सक्नुपर्ने बताउनु भयो ।

नेपालको भूमिबाट व्यापारिक सम्झौता गर्दा तपाईंहरुले किन सोध्नुभएन भन्नेकुरा स्पष्ट राख्न र राजनीतिक र कुटनीतिमार्फत समस्या समाधान गर्न जरुरी रहेको बताउनु भयो । रोइ, कराइ गर्ने भन्दा पनि अहिलेको समस्यालाई बुद्धिमता र चातुर्यताका साथ रणनीतिक कदम चालेर अवसरमा बदल्नुपर्ने बताउनु भयो । राजनीतिक नेतृत्वको क्षमता भनेकै चुनौतिलाई अवसरमा परिणत गर्नु रहेको उल्लेख गर्नुभयो । सोध्दै नसोधिकन नेपालको भूभागबाट व्यापार मार्ग खोल्ने कुरा गम्भीर विषय भएकाले नेपालले आफ्नो अडान स्पष्ट ढंगले राख्नुपर्ने बताउनु भयो । यसमा अरुले चासो दिने नभइ नेपालले आफ्नो चासो राख्नुपर्ने उहाँको भनाइ छ । कसैलाई चिढ्याउँदा पनि नचिढ्याउने र कसैसँग अनावश्यक ढंगले लम्पसार पनि नपर्ने नीति अपनाउनसके भारत र चीन दुवैसँग सम्बन्ध अघि बढाएर जान सकिने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले भन्नुभयो, ‘चासो कसैले कसैलाई दिने होइन, आफूले आफ्नो चासो लिने हो । अरुसँग सम्बन्ध राख्ने हो । जसरी घरछिमेकमा बस्दोखेरी पनि सबैले आफ्नो घर आफूले चलाउने हो । छरछिमेकसँग आफ्नो आवश्यकताअनुसारको सम्बन्ध राख्ने हो । आफ्नो हितमा, आफ्नो स्वार्थमा राख्ने हो । आफ्नो व्यवहारिक जीवनमा जसरी छरछिमेकसँग सम्बन्ध राख्छाँै, त्यस्तै सम्बन्ध देशबीचमा हुने हो । उनीहरुको आफ्नो स्वार्थ हुन्छ, हाम्रो आफ्नो स्वार्थ हुन्छ । स्वार्थ कहाँ मिल्छ त्यही अनुसार सम्बन्ध राख्ने हो । हामीले भारत र चीन जस्ता ठूला अर्थतन्त्रका देशसँग हामी छौँ । चीन अब पहिलो अर्थतन्त्र हुँदैछ । १० वर्षपछि । भारत तिब्र अर्थतन्त्र हुँदैछ । यि देशबीचमा हामी हुनु ठूलो अवसर हो । प्रतिष्पर्धी लाभको हिसावले दुवै छिमेकीसँग सम्बन्ध राख्न सक्यौँ भने हामी त्यो दुई दशकमा विकसित अवस्थामा पुग्न सकिन्छ । त्यसको निम्ति हामीले यसले यस्तो ग¥यो भनेर रोई कराई गर्ने होइन । रोएर कसले सहयोग गर्दछ ? आफ्नो हितमा हामीले कसैसँग झुक्दा पनि नझुक्ने, भुक्दा पनि नभुक्ने । कसैलाई चिढ्याउँदा पनि नचिढ्याउने र कसैलाई अनावश्यक ढंगले लम्पसार पनि नपर्ने त्यो नीति अपनाउन सक्यौँ भने भारत र चीन दुवैसँग सम्बन्ध अघि बढाएर जान सकिन्छ । तर हामीसँग शुरुदेखि नै हाम्रा सीमाका केही विवादहरु छन् । चिनियाँ विदेशमन्त्री भारत गएको बेलामा लिपुलेकबाट दुई पक्षीय व्यापार गर्ने भन्ने सम्झौता विवादमा आएको छ । यो पहिलादेखिको विवाद थियो । त्यसैले त्यो सीमा विवाद, खुला सीमानाको विवाद, आर्थिक सम्बन्धी व्यापारको प्रश्न, पारवहन सुविधा सम्बन्धका कुरा, यस्ता विषयमा समग्र ढंगले वार्ताबाट समाधान गरौँ भने मैले नै इपिजी ग्रुप बनाएर तिनको सुझाव लिएर राज्यले निर्णय गर्ने भन्ने शुरुवात गरेको थिएँ, त्यसलाई पूर्णतामा पु¥याउन सकिएन । भारत र चीनले पनि आफ्नो स्वार्थमा काम गर्ने हो । अहिले उनीहरु ठूला उदियमान विश्वशक्ति बन्दैछन् । अहिले फेरि अमेरिकाले बढी करहरु लगाएर भारत र चीनको अर्थतन्त्रमा अफ्ठ्यारो पार्न खोजेको छ, त्यसो भएकाले अहिले उनीहरु एक ठाउँमा आएको पनि बेला छ । दुई छिमेकी बीचमा झगडा हुनु भन्दा मित्रता हुनु राम्रो हो । हामीले भारत र चीनसँग राम्रो सम्बन्ध राखेर हामी जानसक्दा फाइदा लिनसकिन्छ । तर हामीले ठिक खालको नीति अपनाउन नसक्दा भारत र चीन मिल्ने भए । उनीहरु ठूला शक्ति छन्, उनीहरुको व्यापार बढी हुन्छ । हामी रिसाएर पनि उनीहरुलाई खासै फरक पर्दैन । त्यसले गर्दा हामीले सोध्दै नसोधिकन हाम्रो भूभागबाट व्यापार मार्ग खोले यो गम्भीर विषय हो । यसमा रोइ कराइ गरेर बस्नु भन्दा पनि यसमा आफ्नो अडान स्पष्ट ढंगले राख्ने हो । ऐतिहासिक ढंगले नै काली नदी सीमाना भनेर सुगौली सन्धीको धारा ५ मा लेखिएको छ, जुनको धार सबैभन्दा ठूलो हुन्छ, त्यही नै सीमाना मानिन्छ, अन्तर्राष्ट्रिय मान्यताले । लिम्पियाधुरादेखि निस्किएर आउने नदीको जुन खण्ड हो, त्यो नै काली नदी भन्ने देखिन्छ । यो विषयमा बेलैमा ध्यान नपु¥याउँदा उनीहरुले मिचेर कालापानी ल्याए, कालापानीमा पनि अझ पूर्वतिर धकेलेर अहिलेको व्यापारिक मार्ग लिपुलेकलाई समेत भारतको हो भने चीनले समेत आफ्नो नक्शामा राख्यो । पहिला त भारतले मात्रै त्यो दाबी गर्दथ्यो । हामीले हाम्रो भन्दै आएका हौँ, हाम्रो हो पनि । अहिले २०८० दुई वर्ष पहिला चीनले जुन नक्शा बनायो, त्यो नक्शामा पनि उसले हामीले बनाएको लिपुलेक हामीले बनाएर राखेको नक्शालाई स्वीकार गरेन । भारतले बनाएको नक्शालाई स्वीकार गरेर भारतकै हो भनिदियो । हामीलाई दुवै छिमेकीबाट चेपुवामा पर्ने अवस्था जुन रहेको छ, यसलाई कुटनीतिक र राजनीतिक तरिकाले वार्ता र संवाद गरेर हामीले हल गरौँ । अहिले जुन चुनौति देखापरेको छ । राजनीतिक नेतृत्वको क्षमता भनेकै चुनौतिलाई अवसरमा परिणत गर्ने हो । हामीले चीनसँग पनि छुट्टै कुरा गर्ने, भारतसँग पनि छुट्टै कुरा गर्ने, सम्भव भएछ भने तीन पक्षसँगै बसेर त्यसको समाधान गर्ने हो । अहिलेको समस्यालाई बुद्धिमता र चातुर्यताका साथ रणनीतिक कदम चाल्दा ठूलो अवसरमा बदल्न सकिन्छ । हामी झुक्ने होइन, दरोसँगले यि तथ्य प्रमाणले हाम्रो सीमाना हो । तपाईंहरुले कसरी सोध्दै नसोधि गर्नुभयो । यसो गर्नु भएन भन्नुपर्छ । हाम्रो प्रधानमन्त्रीलाई राष्ट्रिय हितमा दरोसँग उभिएर कुरा गर्न सहयोग गर्नुपर्छ ।’

सन् २०२० मा पूर्वी लद्दाखमा दुई एशियाली शक्तिराष्ट्रका सैनिकहरूबीच झडप भएपछि सो नाका व्यापारिक प्रयोजनका लागि बन्द थियो । गत डिसेम्बरमा भारत र चीनले नेपालको जानकारीबिना नै यो नाकाबाट कैलाश मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्री आवतजावतका लागि पुनः शुरु गर्ने समझदारी गरेका थिए । हालै उनीहरुले गरेको व्यापार सम्झौता बाहिरिएको छ । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भाएको दाबी समेत भारतले अस्वीकार गरेको छ । —न्युज एजेन्सी नेपाल