२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बित

रास्वपालक्षित वर्षमानको टिप्पणीः विचार र लक्ष्य नभएको पार्टी

रास्वपालक्षित वर्षमानको टिप्पणीः विचार र लक्ष्य नभएको पार्टी
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै विचार र लक्ष्य नभएको टिप्पणी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले कुनै विचार, राजनीति, कुनै लक्ष्य, त्याग,  बलिदान, जेलनेल र बलिदान नभएका पार्टीको रुपमा चित्रण गर्नुभयो । उहाँले त्यस्ता राजनीतिक दलहरुले आज १० वर्ष जनयुद्ध लढेको माओवादी र लामो इतिहास बोकेका नेपाली काँगे्रेस र नेकपा एमालेमाथि थ्रेट दिइरहेको बताउनु भयो । यो गणतन्त्र र लोकतन्त्रमाथिको प्रश्न भएको जिकिर गर्नुभयो । उहाँले पछिल्लो समयमा देशमा धेरै कुरामा परिवर्तन भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी समावेशिता, भौतिक पूर्वाधारका क्षेत्रमा धेरै ठाउँमा परिवर्तन छ । शिक्षा, स्वास्थ्य, मानव अधिकारका सूचकांक हरेक हेर्नुस्, परिवर्तन छ । पञ्चायतको ३०, बाँकी १५—१८ वर्ष यता परिवर्तन भएको छ । यो हामीले आत्मसाथ गर्नैपर्छ । तथ्यले पुष्टि गर्दछ । अहिलेकै अग्रज र नेताहरुले हो गर्ने हो । तर फेरि प्रश्न छ, त्यसलाई हामीले कम आँक्नु हुँदैन । अस्ति भर्खरै ६ महिना खुलेको पार्टी, हामी १० वर्ष लढेर आएको पार्टीलाई माओवादीलाई झन्डै उछिन्ने ठाउँमा किन पुग्यो र अरु दुई पार्टीलाई कसरी थ्रेट भइरहेको छ ? दुई वटा पार्टीहरु ठूला मिलेर झन्डै दुई तिहाईको सरकार बनेको छ । नेताहरुमाथि प्रश्न किन उठिरहेको छ ? कुनै विचार छैन, राजनीति छैन, कुनै लक्ष्य छैन, त्याग छैन, बलिदान छैन । जेल, नेल कहीँ, युद्ध केही पनि बलिदान छैन कसरी यो भइरहेको छ ? यो हाम्रो माथि प्रश्न हो । लोकतान्त्रिक गणतन्त्रमाथिको प्रश्न हो । हामीले यो बुझ्नुपर्दछ ।’

उपमहासचिव पुनले लोकतान्त्रिक गणतन्त्रलाई अझै जनताको निकट पु¥याउनुपर्ने बताउनु भयो ।