१० श्रावण २०८३, आईतवार
,
Latest
‘बेलायतको हितलाई प्राथमिकतामा’ राख्दै ट्रम्पसँगको सम्बन्धलाई अघि बढाइने : बर्नहम नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित अमेरिका–रुसको अन्तरीक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण तोकिएको बाटोबाट बाहिरिएपछि समुद्री बारुदी सुरङमा एक ट्याङ्कर ठोक्कियो: इरान लागुऔषधसहित दुई जना नियन्त्रणमा पार्टी एकता सहमतिउन्मुखः सभापति थापा साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै त्रिवि प्रश्नपत्र चुहावटमा शिक्षामन्त्रीको र्‍यापिड एक्सन खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ डलर साटिदिने भन्दै ठगी गर्ने चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा गत एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु



अ+ अ-

झापा । जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत्को असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह चुहावट (करेन्ट) भएर हुने मृत्युको घटना बढेको छ । जिल्लामा गत साउनमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार गत चार महिनामा जिल्लामा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेहरू अधिकांश विद्युत्सम्बन्धी पर्याप्त प्राविधिक ज्ञानको अभाव भएका ग्रामीण क्षेत्रका बासिन्दा छन् ।

करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको उहाँले बताउनुभयो । अधिकांश मानिसमा विद्युतीय मोटर कसरी चलाउने भन्ने राम्रो ज्ञान छैन । अपूर्ण ज्ञान र सतर्कताको कमीका कारण करेन्ट लागेर मानिसले अकालमै मृत्युवरण गरिरहेका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा झापामा करेन्ट लागेर १५ जनाको ज्यान गएको छ ।

यसैबीच मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीको घरमै करेन्ट लागेर मृत्यु भएको छ । बिग्रिएको टेबल पङ्खा मर्मत गर्ने क्रममा सोमबार साँझ अचानक करेन्ट लागेर अचेत भएका राजवंशीलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारीमा पुर्याइएको थियो । उपचारकै क्रममा राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस