५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

विद्युत् कार्यालयलाई एक रोपनी जग्गा दान

विद्युत् कार्यालयलाई एक रोपनी जग्गा दान
अ+ अ-

तनहुँ। नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको दुईपिप्लेस्थित कार्यालयका लागि महेन्द्रराज वाग्लेले एक रोपनी जग्गा दान गर्नुभएको छ ।

विद्युत् प्राधिकरणको कार्यालय नहुँदा भाडामा सञ्चालन भइरहेकाले भवन निर्माणका लागि जग्गा दान गरेको उहाँले बताउनुभयो । वाग्लेले सोही क्षेत्रमा खानेपानी कार्यालयका लागि पनि पाँच आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ ।

सोही स्थानमा प्रहरीचौकी, सामुदायिक प्रहरी सेवा केन्द्र, क्याम्पस, खानेपानी, साना किसान सहकारी, आमा समूहलाई कार्यालय स्थापना गर्न वाग्लेले जग्गा उपलब्ध गराउँदै आउनुभएको छ ।

मध्यनेपाल नगरपालिका–४ रम्घाका वाग्लेले पुष्पलता क्याम्पससँगै रहेको एक रोपनी जग्गा विद्युत कार्यालयका लागि प्रदान गर्नुभएको हो । उहाँले गत वैशाखमा उक्त जग्गा विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका नाममा पास गर्नुभएको थियो ।

यसैबीच जग्गा दातालाई नेपाल विद्युत् प्राधिकरणको ४० औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको छ । वाग्लेलाई तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले दोसल्ला र प्रशंसापत्रले सम्मान गर्नुभएको हो । रासस