५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

पूर्व–पश्चिम राजमार्ग विस्तार र मर्मतमा ढिलाइ

पूर्व–पश्चिम राजमार्ग विस्तार र मर्मतमा ढिलाइ
अ+ अ-

भीमदत्त पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक विस्तारले गति लिन सकेको छैन् । यस राजमार्गलाई विभिन्न खण्डमा चारदेखि आठ लेनसम्म स्तरोन्नति गरिरहँदा पश्चिमी खण्डमा सामान्य मर्मत तथा विस्तारका लागि बजेट अभाव देखिएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले बजेट अभावका कारण गड्डाचौकी–चिसापानी खण्ड विस्तारलाई तीव्रता दिन नसकेको जनाएको छ । चालु आर्थिक वर्षमा गड्डाचौकी–चिसापानी सडक खण्ड १२६ किलोमिटर विस्तार तथा मर्मत्का लागि रु तीन करोड बजेट विनियोजन गरिएको छ ।

सडक डिभिजन महेन्द्रनगरका प्रमुख राजेशकुमार यादवले बजेट अभावका कारण सडक विस्तार ढिलो भएको बताउनुभयो । गत आर्थिक वर्षमा करिब रु तीन करोड मात्र विनियोजन भएपछि कल्र्भट निर्माण र केही सडक मर्मत गरिएको थियो । वेदकोट नगरपालिकाको सुडास्थित बाढीले बगाएको पुल गतवर्ष निर्माण गरिएको छ । रु एक करोड ५० लाखमा निर्माण गरिएको उक्त योजनाको रु ८० लाख भुक्तानी गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । प्रमुख यादवले भन्नुभयो, “हामीसँग राजमार्ग मर्मत र विस्तारका लागि आवश्यक बजेट विनियोजन हुँदैन, बजेट अभावले काम गर्न सकिएको छैन् ।”

गड्डाचौकी–चिसापानी खण्डमा हालसम्म १२ किलोमिटर मात्रै सडक विस्तार गरिएको छभने १२ वटै कल्र्भट निर्माण गरिएका छन् । सडक डिभिजनले शहरी क्षेत्र र बस्ती नजिकको राजमार्गलाई दाँयाबायाँ तीन÷तीन मिटर सडक चौडासँगै कल्र्भट निर्माण गर्दै आएको छ । पूर्वपश्चिम राजमार्गको यस सडकखण्ड विस्तार तथा मर्मतका लागि मात्रै वर्षेनी रु १५ करोड आवश्यक पर्ने प्रमुख यादवले बताउनुभयो । पूर्व पश्चिम राजमार्गको लम्बाइ एक हजार २७ किलोमिटर छ । विश्व बैङ्क र एशियाली विकास बैङ्कसहितका दातृनिकायको सहयोगमा राजमार्गको विभिन्न खण्ड स्तरोन्नति सुरु गरिएको हो । तर गड्डाचौकी–चिसापानी खण्ड विस्तारका लागि अध्ययन सम्म हुन सकेको छैन ।

सरकारले चालु आर्थिक वर्षमा गड्डाचौकी–अत्तरिया सडकखण्ड चार लेनमा स्तरोन्नति गर्न रु २१ अर्ब विनियोजन गर्ने घोषणा गरेपनि त्यसका लागि विभागबाट परामर्शदाता नियुक्ति, अध्ययन, ‘इआइए’, बजेटको स्रोत सुनिश्चतलगायत नभएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सन् १९६१ मा निर्माण सुरु गरिएको पूर्वपश्चिम राजमार्ग नेपालको प्रमुख रणनीतिक सडक हो । यसलाई चार लेनमा विस्तार गर्ने सरकारको लक्ष्य छ ।

महेन्द्र राजमार्गको काँकरभिट्टा–चन्द्रौटा, इटहरी–कञ्चनपुर, कञ्चनपुर–कमला, कमला पथलैया, नारायणगढ–बुटवललगायतका खण्ड सडक विस्तार भइरहेको छ । धानखोलादेखि लमहीसम्म सडक स्तरोन्नति अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशनको अनुदानबाट अघि बढाइएको छ । स्थानीयले गड्डाचौकी–चिसापानी सडक खण्ड विस्तार गरिनुपर्ने माग राख्दै आएका छन् । यो सडक खण्ड विस्तार नहुँदा सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ । यस राजमार्गको गड्चौकी–अत्तरिया सडक खण्ड गत आर्थिक वर्षमा मात्र १२६ वटा सडक दुर्घटना भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरको तथ्याङ्कअनुसार सो दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छभने २४१ जना घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगर प्रमुख लक्ष्मण पचभैयाले बढ्दो सवारी चापका कारण दुर्घटनाको जोखिम बढेको बताउनुभयो । उहाँले सडक संरचना साँघुरो हुनु दुर्घटनाको प्रमुख कारण भएको बताउनुभयो । रासस