८ असार २०८३, सोमबार
,
Latest
इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्गीतकार तथा कवि नन्दनको निधन



अ+ अ-

चितवन । कवि तथा सङ्गीतकार प्रेम विनोद नन्दनको आइतबार राति निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहनुभएका नन्दनको ९० वर्षको उमेरमा चितवन मेकिडल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार उहाँ लामो समयदेखि श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित हुनुहुन्थ्यो । विसं २०११ मा ‘झटारो’ गितीसङ्ग्रह प्रकाशन गरेर नेपाली गीत सङ्गीत र साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका नन्दन गजल, कविता तथा अन्य काव्यमा कलम चलाउनुभएको छ ।

उहाँका धेरै गीत चलचित्र क्षेत्रमा चर्चित छन् । उहाँका गिती सङ्ग्रह अञ्जली २०२३, सपनीवाट ब्यूझेर २०२३, विपनीका पाइलाहरु २०५२, ऐनाभित्रको आकाश २०६३, सिद्धार्थको ग्रह त्याग लघु काव्य २०७४ र पत्रम पुष्पम कविता सङ्ग्रह २०७७ प्रकाशित भएका छन् ।

यस्तै राष्ट्रिय गान छनोटका क्रममा उहाँको गीत उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो । प्रधानका अनुसार उहाँले लामो समय बागिश्वरी, दोभान, मारुनी, गोधुुलीलगायतका साहित्यिक पत्रिका पनि सम्पदान गर्नुभएको थियो । अनौपचारिक शिक्षा आर्जन गरेर गीत संगित र साहित्यमा लाग्नुभएका नन्दन गायक, सङ्गीतकार तथा कलाकार पनि हुनुहुन्थ्यो ।

विसं १९९२ जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मनुभएका नन्दनपछि बसाइँ सरेर चितवनको नारायणगढ आउनुभएको हो । उहाँ छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ । उहाँलाई रथारोहण तथा सम्मानसमेत गरिएको थियो ।

उहाँको पार्थिव शरीरको आज धार्मिक तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । नन्दन नारायणी कलामन्दिरको पूर्वअध्यक्ष र सल्लाहकार हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ ।