५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई मिलेर पार लगाऔंः राष्ट्रपति

जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई मिलेर पार लगाऔंः राष्ट्रपति
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई सबै मिलेर पार लगाउनुपर्ने बताउनुभएको छ ।

उहाँले हाम्रो यस क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन वा कृषि योग्य भूमिको उर्वरताले यहाँका दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याइरहेपनि हाम्रो यो जीवनयापनको आधार आज संकटमा परेको पनि बताउनुभयो ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्धारा सोमबार काठमाडौँमा आयोजित हिन्दुकुश–हिमालय पार्लियामेन्टेरियन्स मिट २०२५ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।

“हाम्रा यस क्षेत्रको हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, वा कृषि योग्य भूमिको उर्वरताले यहाँका दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याइरहेको छ, तर यो जीवनयापनको आधार आज संकटमा छ”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले हिमालदेखि समुद्रीतटसम्मका वासिन्दाहरूको भविष्य एउटै नियतिमा गाँसिएको स्मरण गर्दै यो ऐतिहासिक भेटघाट हाम्रो साझा र दिगो भविष्यका लागि आशा र सम्भावनाको मार्ग बनोस् भन्नुभयो ।

उहाँले नीति निर्माण तहमा हामीले वैज्ञानिक तथ्य र जन–आवाजलाई आधार मानेर जलवायु, जैविक विविधता र वायु प्रदूषणसम्बन्धी समयसापेक्ष, जनमुखी र कार्यान्वयन योग्य नीति तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, कानुनी संरचना सुदृढीकरणका लागि जलवायु–मैत्री विकास, वायु प्रदूषण नियन्त्रणका लागि मापदण्डरू तयार गर्ने र जैविक विविधताको संरक्षणका लागि आवाश्यक कानुनी प्रावधानको प्रवन्ध गर्न आवाश्यक रहेको उहाँको भनाई थियो । “जवाफदेहीताको सुनिश्चितताका लागि हाम्रा कार्यक्रमहरू कार्यान्वयन भए–नभएको अनुगमन, स्रोतहरूको पारदर्शिता र परिणामको मूल्याङ्कनमा संसदले मूलभूत दायित्व निर्वाह गर्नुपर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषण अब केवल वैज्ञानिक प्रतिवेदनमा सीमित नभई हाम्रो दैनिक जीवनको कठोर यथार्थ बनेको उहाँको भनाई थियो । “त्यसैले, आजको यो बैठक हाम्रो साझा र दिगो भविष्यको रोडम्याप तय गर्ने ऐतिहासिक अवसर हो”, उहाँले भन्नुभयो । राष्ट्रपति पौडेलले हिन्दुकुश हिमालय क्षेत्रको भूगोल, हिमालय क्षेत्र, वन, नदी र वायुमण्डलको भविष्यबारे दृढ सङ्कल्प जनाउने अवसर हो भन्नुभयो ।

“हाम्रो क्षेत्र जैविक विविधताका दृष्टिले धनी छ, विश्वका दुर्लभ वनस्पति र जनावरहरूको बासस्थान यहाँ छ, जैविक विविधतामा आएको ह्रासले हाम्रो खाद्य सुरक्षा, सांस्कृतिक सम्पदा, प्रजातिहरू लोप हुनसक्ने सम्भावनाका साथै समग्र अर्थतन्त्रमा पनि असर गरिरहेको छ”, उहाँले भन्नुभयो ।

यी चुनौतीहरूका बाबजुद यो अवसरमा सदस्य राष्ट्रहरूले जलवायु परिवर्तनको समस्या सम्बोधन, वायु प्रदूषण नियन्त्रण तथा जैविक विविधता संरक्षणका लागि गरेका उल्लेखनीय कार्यहरूको राष्ट्रपति पौडेलले प्रशंसा गर्नुभयो । उहाँले विविध समस्याका बाबजुद विश्वका लागि उदाहरणीय हुने कार्य यस क्षेत्रमा भएका छन् भन्नुभयो ।
“जैविक विविधता संरक्षणका लागि राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र विस्तार, वन्यजन्तु निगरानी प्रणालीको आधुनिकीकरण र स्थानीय समुदायसँगको सहकार्य प्रशंसनीय छ, वायु गुणस्तर सुधारका लागि सार्वजनिक यातायात क्षेत्रमा सुधार, विधुतीय सवारी साधन प्रवद्र्धन र उद्योगहरूको उत्सर्जन नियन्त्रणजस्ता कदमहरू सन्तोषजनक छन्”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले आफूले जलवायु परिवर्तनले पारेको नकारात्मक प्रभावको बारेमा विश्व मञ्चहरूमा विश्व समुदायलाई ध्यानाकर्षण गर्दै आएको उल्लेख गर्दै विश्वव्यापी तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियससम्म सीमित गर्न पेरिस सम्झौतामा गरिएको प्रतिवद्धता पूरा गर्न सम्बन्धित् पक्षहरूले आ–आफ्नो ठाउँबाट योगदान पुुर्‍याउनु आजको आवश्यकता भएको बताउनुभयो ।

“ वैज्ञानिक तथ्यरूका अनुसार पेरिस सम्झौंतामा हामी सबैले जनाएको प्रतिबद्धताअनुसार दिर्घकालीन रुपमा १ दशमलव ५ डिग्री सेल्सियसको लक्ष्यमा सीमित गर्न सकिन्छ भनिएता पनि पछिल्ला दशकमा यहाँका हिमनदीहरूको पग्लिने गति बढिरहेको सन्दर्भमा यसको असर तल्लो तटीय क्षेत्रमा रहेका गाउँ बस्तीदेखि हजारौं किलोमिटर टाढासम्म पुग्दा बाढी, पहिरो जस्तो जलवायुजन्य विपद्को रूप लिइरहेको अवस्था छ”, उहाँले भन्नुभयो ।

यस सन्दर्भमा आफ्नो राजनीतिक जीवन, संसद, समितिहरूको बैठक र अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर छलफल र बहसको संस्कारलाई जीवन्त राख्ने अवसर विगतमा पाएको उहाँले स्मरण गर्नुभयो । “विगतमा पनि हामी प्राकृतिक स्रोत संरक्षण, अन्तरदेशीय सहकार्य र दिगो विकासबारे छलफल गथ्र्यौ, तर त्यस बेलाका चुनौती र आजका संकटबीच ठूलो अन्तर छ, पहिले यी विषयलाई दीर्घकालीन लक्ष्यका रूपमा हेरिन्थ्यो, तर आज ती चुनौतीहरूले तत्कालै कदम चाल्न दबाब दिइरहेका छन्, हामी सबै सङ्कटापन्न अवस्थामा छौं, यसलाई सबैले मिलेर पार गर्नुछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।