५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

बुद्धले ज्ञान प्राप्त गरेको ठाउँ बोधगयामा ओली–मोदीबीच के हुँदैछ ?

बुद्धले ज्ञान प्राप्त गरेको ठाउँ बोधगयामा ओली–मोदीबीच के हुँदैछ ?
file
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री बनेको १४ महिनापछि केपी शर्मा ओलीको भारत भ्रमण निश्चित भएको छ । प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारत जाँदै हुनुहुन्छ ।

भारतीय विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको निम्तो हस्तान्तरण गरेसँगै भ्रमण निश्चित भएको हो ।

भ्रमणका लागि प्रधानमन्त्री कार्यालय, प्रधानमन्त्रीको सचिवालयल, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, अर्थ, वाणिज्य, उद्योग र भौतिक मन्त्रालयले आवश्यक तयारी गरेका छन् । ती मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल बनाउन आवश्यक गृहकार्य गरिरहेका छन् । यसपल्ट नेपालका प्रधानमन्त्रीसँगको भेटघाटलाई भारतले विशेष महत्व दिएको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका लागि बिहारको ‘बोधगया’लाई चयन गरिएको छ । बोधगयामै प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम तय गरिएको बताइएको छ । यद्यपी यसबारेको कुनै विवरण सार्वजनिक गरिएको छैन ।

मोदीले नेपालका प्रधानमन्त्रीसँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्ता गर्ने परम्परालाई क्रमभंग गर्दै सिद्धार्थ गौतमले बुद्धत्व अर्थात् ज्ञान प्राप्त गरेको स्थल बोधगयालाई रोजेका छन् । दुई मुलुकका कार्यकारी प्रमुखबीच बोधगयामा भेटवार्ता हुनु संयोग मात्र नभई यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बिहारमा रहेको बोधगया बौद्ध धर्मका अनुयायीका लागि पवित्र तीर्थस्थलका रूपमा प्रसिद्ध छ ।

विगतमा औपचारिक भ्रमणमा गएका नेपालका प्रधानमन्त्री र भारतीय समकक्षीबीच दिल्लीस्थित हैदराबाद हाउसमा औपचारिक भेटवार्ता र संयुक्त सम्बोधन हुने गरेको थियो ।

औपचारिक वार्तापछि मात्र पाहुना प्रधानमन्त्रीलाई दिल्ली बाहिर घुमाउने अभ्यास थियो । यसअघि भारतको औपचारिक भ्रमणमा पुगेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिल्लीको औपचारिक कार्यक्रमपछि मध्यप्रदेशको उज्जैनस्थित महाकाल मन्दिरको भ्रमणमा लगिएको थियो। त्यसअगाडिका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीपछि बनारसमा काशी विश्वनाथ मन्दिरको दर्शनमा लगिएको थियो ।

नेपालबाहेक राष्ट्रका कार्यकारी प्रमुखसँग पनि मोदीले दिल्लीबाहिर भेटवार्ता गरेका छन् । सन् २०१४ मा भारत भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग अहमदाबादमा भेटवार्ता गरेका थिए । त्यस्तै सन् २०१९ मा सी चिनफिङ र मोदीबिच भारतको दक्षिणी राज्य तमिलनाडुमा द्विपक्षीय भेटवार्ता भएको थियो । सन् २०२० मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भारत भ्रमणमा आउँदा गुजरात ओर्लिएका थिए । दुई वर्षअगाडि भारत भ्रमणमा आएका फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई मोदीले जयपुरमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई भ्रमणको निमन्त्रणा दिन विदेश सचिवलाई पठाउनु तथा द्विपक्षीय वार्ताका लागि दिल्लीबाहिरको स्थान रोज्नुलाई भारतले विशेष महत्व दिएको बुझ्नुपर्ने भारतीय स्रोतको भनाइ छ । दिल्लीबाहिर हुने भेटवार्तामा दुई नेताले एकअर्कासँग औपचारिकसँगै अनौपचारिक वार्ताका लागि पनि समय पाउनेछन् । राजनीतिकसँगै सांस्कृतिक सम्बन्धलाई समेत कसिलो बनाउन यो स्थान चयन गरिएको स्रोतको भनाइ छ ।

भारतले ओली–मोदी भेटवार्ताका लागि दिल्ली बाहिरको कुनै धार्मिक स्थल बोधगयाको प्रस्ताव कूटनीतिक च्यानलबाट पठाएकोबाट पनि भारतले यस भेटवार्तालाई महत्व दिएको बुझ्न सकिन्छ । नेपालमा बुद्धको जन्म र ज्ञानस्थलबारे फरक अभिव्यक्तिहरू सार्वजनिक हुँदै आएको छ । त्यस्तै प्रधानमन्त्री ओलीले रामको जन्म नेपालकै ठोरीनजिक अयोध्यापुरीमा भएको अभिव्यक्ति केही वर्षअघि दिएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २५६६औं बुद्ध पूर्णिमाको अवसरमा गौतम बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए । उनले त्यहाँ बौद्ध विद्वान र भिक्षुहरूसहितको ठुलो भेलालाई सम्बोधन गरेका थिए । बुद्ध पूर्णिमाको शुभ अवसरमा सिद्धार्थ गौतमको यस धर्तीमा जन्म, बुद्धत्व र महासमाधि प्राप्तिको स्मरण गरिन्छ ।