६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी सरुवासम्बन्धी मापदण्ड तर्जुमा गरेका छौँः मन्त्री न्यौपाने



अ+ अ-

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले हाल निमित्त प्रमुख प्रशासकीय अधिकृतले सञ्चालन गरिरहेका स्थानीय तहमा यथाशीघ्र प्रमुख प्रशासकीय अधिकृत खटाइने बताउनुभएको छ ।

मन्त्रालयले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री न्यौपानेले भन्नुभयो, “स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन हुन नसक्दा सिर्जना हुने समस्या समाधान गर्न मन्त्रालयमा आन्तरिक छलफल गरी सुधारको खाका तय गरिएको छ ।” यसअन्तर्गत मन्त्रालयले हाल विभिन्न निकायमा काजमा खटाइएका, फाजिलमा रहेका र विभिन्न निकायमा लामो अवधिसम्म कार्यरत रही दुर्गममा सेवा गर्न नगएका कर्मचारीको विवरण सङ्कलन गर्ने कार्य सुरु गरेको छ ।

“यसरी प्राप्त विवरणका आधारमा मन्त्रालयले उल्लिखित अवस्थाका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाउनेछ, स्थानीय तहहरुले मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई निमित्त प्रमुख प्रशासकीय अधिकृत राख्ने प्रवृत्ति अन्त्य गर्न यसअघि वरिष्ठतम कर्मचारीलाई दिइएको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरिएको छ”, मन्त्री न्यौपानेले भन्नुभयो ।

त्यसैगरी, मन्त्रालयले कर्मचारी सरुवासम्बन्धी मापदण्ड तर्जुमा गरेको छ । विगत लामो समयदेखि चर्चा हुँदै आएको तर निर्माण भई कार्यान्वयनमा ल्याउन नसकिएको कर्मचारी सरुवासम्बन्धी मापदण्डका सम्बन्धमा मन्त्रालयमा धेरै चरणमा छलफल गरी अन्तिम मस्यौदा तयार पारिएको छ ।

मन्त्री न्यौपानेले भन्नुभयो, “सङ्घीय निजामती सेवा ऐन प्रतिनिधिसभाबाट पास भई राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफलका लागि कार्यतालिका समेत तोकिसकेको अवस्थामा अब केही दिनमै जारी हुने भएकाले उक्त ऐन जारी भएसँगै सरुवा मापदण्डमा ऐनसँग सामञ्जस्य हुनेगरी आवश्यक सुधारसहित स्वीकृत गरी कार्यान्वयनमा ल्याइनेछ ।”

तीनै तहमा नयाँ सङ्गठन संरचना र दरवन्दी सिर्जना वा मौजुदामा परिवर्तन गर्दा निश्चित वस्तुगत मापदण्डका आधारमा गर्नेगरी व्यवस्थित बनाउन सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणसम्बन्धी राष्ट्रिय मापदण्ड तर्जुमा गर्ने निर्णय गरी मन्त्रालयका सम्बन्धित विषय हेर्ने महाशाखा प्रमुखको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधिसहितको कार्यदल गठन भई कार्य प्रारम्भ गरिएको मन्त्री न्यौपानेले जानकारी दिनुभयो । रासस




भर्खरै