५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

विजयोत्सवका अवसरमा प्रदेश सरकारले दियो सार्वजनिक बिदा

विजयोत्सवका अवसरमा प्रदेश सरकारले दियो सार्वजनिक बिदा
अ+ अ-

पाल्पा। नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा पाल्पामा निकालिने ऐतिहासिक भगवतीको रथसहितको सिन्दुरजात्राको तयारी पूरा भएको छ ।

यसवर्ष आइतबार २०६औँ भगवती खट यात्राका रूपमा विजयोत्सव निकाल्न लागिएको हो । प्रत्येक वर्ष यहाँ श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले विजयोत्सवस्वरुप ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकाल्ने गरेको छ ।

यस वर्षको भगवती जात्राको तयारी पूरा भएको समितिका अध्यक्ष अशोककुमार महर्जनले जानकारी दिनुभयो । रथयात्राले भगवतीको महिमाको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने विश्वास गरिएको उहाँले बताउनुभयो ।

तत्कालीन नेपाली सेनाका पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्धमा जानुअघि युद्ध जितेमा तीनतले मन्दिर बनाइ भगवतीको सिन्दुरजात्रा गर्ने भाकल गरेको किंवदन्ती छ । युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७७ देखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सवस्वरुप भगवती जात्रा मनाउन थालेको र सोही परम्परा हालसम्म चल्दै आएको समितिका अध्यक्ष महर्जनले बताउनुभयो ।

जात्राका अवसरमा आइतबार प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ । विसं २०८१ चैत १४ गते प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । रासस