१६ असार २०८३, मंगलवार
,
Latest
बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु) सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिका साधना आश्रम नेपालको अध्यक्षमा थापा



अ+ अ-

काठमाडौँ। वैदिक सनातन धर्म रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्था कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा मिलनकुमार थापा नियुक्त हुनुभएको छ ।

धार्मिक अभियानकर्मी स्वामी महामण्डलेश्वर कृष्णानन्द परमहंस कालीदास बाबा (कालीबाबा)ले असार ३ गतेको निर्णयअनुसार डा थापालाई अध्यक्ष पदमा नियुक्त गर्नुभएको हो । भारतका केन्द्रीय बन्दरगाह, परिवहन र जलमार्गमन्त्री सर्वानन्द सोनोवालको उपस्थितिमा अध्यक्ष नियुक्त हुनुभएका डा थापाले कार्यभार ग्रहण गर्नुभएको छ ।

उहाँले कालिका साधना आश्रमले नेपालको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने, संस्कृति र परम्परामा आस्था राख्ने विश्वभरिका सनातनीहरूलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्ने र आर्थिक विकास एवं समुन्नतिको आधारशीला तयार गर्ने उद्देश्यका साथ अघि बढ्ने प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “कालिका साधना आश्रम विशुद्ध धार्मिक र सामाजिक संस्था हो । यस संस्थालाई समाजसँग जोडेर प्राचीन विज्ञानमा आधारित ज्ञान र शिक्षालाई अघि बढाउने र नेपालको समृद्धिका लागि देशमा प्रमुख धार्मिकस्थलको प्रचारप्रसारमा अघि बढाइने छ ।”

धार्मिक पर्यटनमा भारतले सहयोग गर्ने

पशुपतिनाथ मन्दिर परिसरस्थित हंसमण्डपमा आयोजित दशमहाविद्या रुद्रहवन महायज्ञमा सहभागी हुन र भगवान् पशुपतिनाथ मन्दिर दर्शन गर्नका लागि आउनुभएका भारतका केन्द्रीयमन्त्री सोनोवालले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको बताउँदै धार्मिक पर्यटन प्रवर्द्धन गर्न सहयोग गर्ने प्रष्ट पार्नुभयो ।

उहाँले जनस्तरमै रहेको सम्बन्ध अझै बलियो बनाउँदै आर्थिक समुन्नतिका लागि सहकार्यमा जोड दिनुभयो । धार्मिक अभियन्ता कालीबाबाको निमन्त्रणामा काठमाडौँ आउनुभएका मन्त्री सोनोवालले दशमहाविद्या रुद्रहवनमा पूजाआराधना गर्नुभएको थियो ।

मन्त्री सोनोवालका साथमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि सहभागी हुनुहुन्थ्यो । यसअघि, डा थापाको अगुवाइमा ‘पशुपति दर्शन अभियान’अन्तर्गत २०८१ माघ १ देखि ११ गतेसम्म मुम्बईमा दशमहाविद्या विष्णु सहश्रकोटी हवनमा गरिएको थियो । मन्त्री सोनावाल उक्त कार्यक्रममा पनि सहभागी हुनुभएको थियो ।

धार्मिक अभियानकर्मी कालीबाबाले भन्नुभयो, “नेपालमा राजनीतिक स्थिरता, आर्थिक समृद्धि र जनकल्याण होस् भन्ने हाम्रो पवित्र कामना हो । नेपाल र भारतका शीर्ष राजनीतिक नेतृत्वबीचको सम्बन्ध अझै प्रगाढ हुँदा दुवै देशलाई लाभ हुन्छ ।” रासस